IME Life New

जीवन बीमामा करछुट सुविधा २५ हजारबाट ५० हजार बनाउन प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमाको कर छुट २५ हजारबाट ५० हजार पुर्याउन बीमा समितिले प्रस्ताव गरेको छ । यही जेठ १५ गते आर्थिक विधेयकको रुपमा सार्वजनिक हुने बजेटमा प्राकृतिक व्यक्तिको आयमा कर छुट सुविधा हाल कायम रहेको २५ हजारबाट दोब्बर बनाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ ।

बीमाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै बीमाको पहुँचमा चमत्कारिक रुपमा बृद्धि गर्न सफल भएको सन्दर्भमा आगामी आर्थिक वर्षदेखि आयकर तिर्दा जीवन बीमाको शुल्क बापत भुक्तानी भएको रहेछ भने बार्षिक ५० हजार रुपैयाँसम्मको आयमा कर छुटको सुविधा दिन नियमनकारी निकाय बीमा समितिले सिफारिस गरेको हो । जीवन बीमा कम्पनीहर देशको विकास र समृद्धिका लागि पुँजि निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस्तो सुविधाले आयकरमा सामान्य गिरावट आएपनि दीर्घकालिन रुपमा सफल हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले बताए ।

Esewa
Crest

जीवन बीमालाई सरकारले बचतकै महत्पूर्ण अंशको रुपमा लिँदै प्रोत्साहन गर्न आयकर छुट दिन आर्थिक समृद्धिमा योगदान पुग्ने विश्लेषण सहित यस्तो प्रस्ताव गरेको बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS