IME Life New

जीवन बीमाको व्यापार बृद्धिमा पुराना कम्पनीकै दवदवा, नयाँको व्यापार कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०७६।७७ को पहिलो त्रैमासको वित्तीय विवरणको आधारमा ३ महिनाको अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीले २४ अर्ब ९० करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनानमा जीवन बीमा व्यवसाय ६५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीले १५ अर्ब १२ करोड रुपैयाँ मात्र कूल बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको भन्दा कुल बीमा शुल्क आर्जन ९ अर्ब ७८ करोड रुपैयाँले बृद्धि भएको छ ।

Esewa
Crest

बीमा शुल्क बृद्धि भएको आधारमा नयाँ १० वटा जीवन बीमा कम्पनीले पुराना नौ वटा जीवन बीमा कम्पनीको दवदवा चिर्न नसकेको तथ्याङ्कले देखाएको छ ।

पुराना कम्पनीको व्यवसाय
१९ जीवन बीमा कम्पनीमध्ये ९ वटा पुराना जीवन बीमा कम्पनीले गत आर्थिक वर्षका सोही अवधिको तुलनामा जीवन बीमा व्यवसाय ६० प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २२ अर्ब ८० लाख रुपैयाँ कूल बीमा शुल्क  आर्जन गरेका छन् भने गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ७३ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेका थिए । पुराना कम्पनीले समीक्षा अवधीमा आठ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क बढाउन सफल भएका छन् ।

नयाँ कम्पनीको व्यवसाय
१९ वटा जीवन बीमा कम्पनीमध्ये १० वटा नयाँ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ३ महिनामा २ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले एक अर्ब ३९ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नयाँ जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १०८ प्रतिशतले बढी हो। नयाँ कम्पनीले समीक्षा अवधीमा एक अर्ब ५० करोड रुपैयाँ कुल बीमा शुल्क बढाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS