IME Life New

जीवन बीमाको बीमाङ्कीय मूल्याङ्कनबारे दुई दिने तालिम काठमाडौंमा सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमाको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी दुई दिने तालिम काठमाडौंमा सुरु भएको छ । त्रिभुवन विश्व विद्यालय स्कूल अफ म्याथमेटिकल साईन्सको आयोजनामा एक्चुरिज वीथ आउट बोर्डरसँगको सहकार्यमा सोमबार देखि काठमाडौंमा दुई दिने तालिम सुरु भएको हो ।

गणित स्कूलका १२ जना विद्यार्थी, बीमा कम्पनीका प्रतिनिधि तथा अन्यसहित कूल ६५ जना सहभागी तालिम जीवन बीमाको मूल्याङ्कन तथा कोष व्यवस्थापन सम्बन्धमा केन्द्रीत हुने आयोजक गणित स्कूलका निर्देशक प्रा.डा. प्रकाशमुनी बज्राचार्यले इन्स्योरेन्स खवरलाई बताए ।

Esewa
Crest

इन्टरनेशनल एक्चुरियल एशोसिशयनको स्वयम्सेवी संस्था एक्चुरिज वीथ आउट बोर्डरका स्वयम्सेवी प्रशिक्षकले नेपालका ६५ जनाभन्दा बढिलाई तालिम दिन सुरु गरेका छन् । एक्चुरीज वीथ आउट बोर्डरका कमलेश गुप्ताले तालिम दिएका छन् । एक्चुरिज वीथ आउट बोर्डर नामक संस्थाले स्वयम्सेवी रुपमा संसारभर बीमाङ्कीय मूल्याङ्कनबारेमा तालिम तथा आवश्यक प्रशिक्षण दिने गर्दछ । निकै महंगो हुने हुँदा प्रशिक्षक स्वयम्सेवी रुपमा उपलब्ध भएको र व्यवस्थापन खर्च बापतको रकम लिएर तालिममा सहभागी गराइएको गणित स्कूलले जनाएको छ ।

तालिममा सबैभन्दा बढि नेपाल लाईफबाट छ जना सहभागी छन् भने सानिमा लाईफ, सिटिजन लाईफ र नेशनल लाईफबाट प्रतिनिधिहरु सहभागी छैनन् । तालिममा जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा बीमक संघबाट समेत कूल ४८ जना प्रतिनिधिहरु सहभागी छन् ।

तालिमपछि सहभागीले एक्चुरियल मूल्याङ्कनबारे धेरै ज्ञान हुनुका साथै एक्चुरियल प्रतिवेदन अध्ययन गर्न सक्ने गरी केस स्टडी गरी दुई दिनसम्म गहन छलफल हुने आयोजक गणित स्कूलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS