IME Life New

जीवन बीमाको बजार ह्वात्तै बढ्यो, नेपाल लाईफको शीर्ष स्थान कायमै, युनियनको धमाका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ बीमा कम्पनीहरुको प्रवेशसँगै बीमाको पहुँचमा उल्लेख्य मात्रामा बृद्धि भइरहँदा जीवन बीमाको बजारमा उछाल आएको तथ्याङ्कले देखाएको छ । प्रथम जीवन बीमा शुल्क साढे ४९ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा बापतको संकलन भएको कूल बीमा शुल्क ७५ अर्ब नाघेको छ । यो बीमा बजारमा आएको प्रगतिको संकेत हो ।

बीमा कम्पनीहरुले बीमा समितिमा बुझाएको विवरण अनुसार प्रथम जीवन बीमा शुल्कको आधारमा नेपाल लाईफको शीर्ष स्थान कायमै छ भने युनियन लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रमा धामाका मच्चाउन सफल भएको छ । उसले प्रथम बीमा शुल्क आर्जनमा पुराना कम्पनीहरुलाई चमत्कारिक रुपमा उछिनेर कडा चुनौति दिन सफल भएको हो । युनियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ मा दुई अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको छ । युनियन लाइफको २५ करोड २८ लाख रुपैयाँको बीमा शुल्क नविकरण भएको देखिएको छ । प्रथम बीमा शुल्क आर्जनमा युनियन लाइफ ते्स्रो स्थानमा छ ।

Esewa
Crest

बीमा समितिमा बुझाएको विवरण अनुसार गत आर्थिक वर्षमा २० वटा बीमा कम्पनीहरु प्रथम जीवन बीमा शुल्कबापत २८ अर्ब ९३ करोड रुपैयाँ आर्जन गरेका छन् । त्यस्तै नविकरण बापत ४० अर्ब ५७ करोड रुपैयाँ शुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कूल नौ अर्ब एक करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै उसले नविकरण बापत १३ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको छ । कूल बीमा शुल्क २२ अर्ब ८५ करोड आर्जन गर्दै नेपाल लाईफ शीर्ष स्थानमा रहन सफल भएको हो ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ । एलआईसीले समीक्षा अवधीमा चार अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नविकरण भएको बीमा शुल्क नौ अर्ब १५ करोड हुँदा एलआइसीले १३ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कूल बीमा शुल्क आर्जनमा तेस्रो स्थानमा छ । नेशनल लाइफले दुई अर्ब १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको भने नविकरण शुल्क बापत पाँच अर्ब ३२ करोड प्राप्त गरी कूल सात अर्ब ४८ करोड रुपैयाँ बीम शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै प्रथम बीमा शुल्कको आधारमा तेस्रो स्थानमा र कूल बीमा शुल्कको आधारमा चौथो स्थानमा रहेको युनियन लाईफले दुई अर्ब ४६ करोड रुपैयाँ बीमा शु्ल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै नविकरण बापत २५ करोड रुपैयाँ सहित कूल दुई अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क बापत आम्दानी गर्न सफल भएको छ । पुराना कम्पनीहरुमा प्राईम लाईफ र गुराँस लाईफले एक अर्बभन्दा कम प्रथम बीमा शुल्क आर्जन गर्दा पछाडि परेका छन् ।

जीवन बीमा कम्पनीहरुमध्ये कसको बीमा शुल्क कति ? हेरौ तालिका ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS