IME Life New

जीवन बीमाको प्रिमियम बुझाउने म्याद थपियो, बीमा समितिको निर्देशनमा के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमाको बीमा शुल्क बुझाउने म्याद थप भएको छ । यसअघि आज अर्थात जेठ मसान्तसम्म मात्रै रहेको जीवन बीमाको शुल्क बुझाउने म्याद अब लकडाउन अवधीभरका लागि थप भएको छ ।

बीमा समितिले आज सो सम्बन्धमा नयाँ निर्देशन जारी गर्दै जीवन बीमा गरेका बीमितहरुलाई चैत्र ११ गतेदेखि यता बुझाउनुपर्ने बीमा शुल्क हाल जारी लकडाउन अन्त्य भएको थप १५ दिनसम्म बुझाउने समय पाएका छन् । बीमा समितिद्वारा आज जारी निर्देशनको पहिलो बुँदामा भनिएको छ, ‘लकडाउन अवधीभित्र संकलन गर्नुपर्ने जीवन बीमा प्रिमियम बापतको रकम संकलन गर्ने अवधी २०७७ जेठ मसान्तसम्म रहेकोमा अब उप्रान्त लकडाउन समाप्त भएको मितिले १५ दिनसम्म ब्याज नलाग्ने व्यवस्था गर्नुहुन ।’

Esewa
Crest

उल्लेखित अवधीभित्र जीवन बीमा शुल्क बुझाउँदा थप जरिवना तथा ब्याज नलिन तथा जीवन बीमा लेख सक्रिय हुने व्यवस्था गर्न बीमा समितिले आज सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बीमा समितिको यस्तो निर्देशनसँगै अब चैत्र ११ गते यता बीमा शुल्क तिर्नुपर्ने कारणबाट म्यान नाघेका बीमा पोलिसीहरु समेत वैधानिक हुनेछ । यद्यपि बीमितले लकडाउन खुलेको १५ दिनभित्रैमा बीमा शुल्क भुक्तानी नगरेको अवस्थामा त्यसपछि भने बीमा व्यतित भएको मानिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS