IME Life New

जापानले ल्यायो लचिलो नीति, थप ८ लाख २० हजार विदेशी कामदार भित्र्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विदेशी कामदार भित्र्याउन जापानले लचिलो नीति ल्याएको छ। जापान सरकारले मार्च २९ मा बसेको बैठकले ठूलो संख्यामा विदेशी कामदार भित्र्याउने उद्देश्यले तयार पारेको नीतिलाई पारित गरेको हो। यो नीतिअन्तर्गत जापान विभिन्न ४ क्षेत्रमा सन् २०२८ सम्ममा थप ८ लाख २० हजार विदेशी कामदार भित्र्याउनेछ।

पछिल्लो समय जापानको जनसंख्या घट्दै गइरहेको छ। जसका कारण विदेशी कामदार भित्र्याउन जापान लचिलो बन्दै गएको छ। स्पेसिफिक स्किल्ड वर्कर रेसिडेन्सी स्टाटसअन्तर्गत ल्याइएको नयाँ नीतिअनुसार अटोमोटिभ ट्रान्सपोर्टेसन, रेलवे, फरेस्ट्री र टिम्बर इन्डस्ट्रीमा थप विदेशी कामदार भित्र्याउन जापानको योजना रहेको छ।

Esewa
Crest

यो कार्यक्रमअन्तर्गत जापानले गम्भीर श्रम अभावको सामना गर्ने क्षेत्रहरुमा विदेशी कामदारलाई स्वागत गर्नेछ। नर्सिङ हेरचाहदेखि निर्माण, कृषि र खाद्य सेवासम्म १२ पेसागत क्षेत्रमा विदेशी कामदार ल्याउन जापान सरकारले स्वीकृति दिइसकेको छ।

जापानमा दक्ष विदेशी कामदार ल्याउन दुईवटा बाटो तय गरिएका छन्। जसअन्तर्गत टाइप (आई)ले एक व्यक्तिलाई जम्मा ५ वर्ष जापानमा बस्न दिन्छ भने टाइप (आईआई)ले व्यक्तिलाई अनिश्चित अवधिसम्म रहन र परिवारका सदस्यलाई साथमा राख्न अनुमति दिनेछ।

अक्टोबर २०२३ सम्म जापानमा लगभग २० लाख विदेशी कामदार थिए। विगत ५ वर्षमा दुई लाखभन्दा बढी विदेशीले तोकिएको दक्ष कामदारका रुपमा रोजगारी पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS