IME Life New

जापानको हानेदा एयरपोर्टमा दुई विमान आपसमा ठोक्किँदा भीषण आगलागी, सबै यात्रु सकुशल रहेको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानको टोकियोस्थित हानेदा विमानस्थलको रनवेमा दुई विमान आपसमा ठोक्किएपछि भीषण आगलागी भएको छ। विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ। स्थानीय समयानुसार मंगलबार साँझ धावनमार्गमा आगलागी भएको हो।

जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको छ। जापानको सरकारी प्रसारक एनएचकेले जारी गरेको फुटेजमा विमानको झ्यालबाट धुँवा निस्किरहेको देखिन्छ। अधिकारीहरुलाई उद्धृत गर्दै एनएचकेले दुई रनवेमा दुईवटा विमान आपसमा ठोक्किँदा आगो लागेको हुन सक्ने जनाएएको छ। विमानमा यात्रु पनि सवार थिए।

Esewa
Crest

केही मिडिया रिपोर्टले विमानको ठक्करको फुटेज देखाएको छ। यसमा रनवेमा उभिएको विमानसँग ठोक्किएपछि अर्को विमान अगाडि बढ्छ। यसै क्रममा दुवै विमानमा ठूलो आगो भएको देखिन्छ। समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुनसक्छ। रोयटर्सले कोस्ट गार्डलाई उद्धृत गर्दै भनेको छ कि उनीहरुले यस विषयमा अनुसन्धान गरिरहेका छन्। जापान एयरलाइन्सका प्रवक्ताले उक्त विमान होक्काइडोको शिन–चितोसे विमानस्थलबाट उडेको बताए। अहिले यो दुर्घटनाको दृश्य बाहिर आएको छ।

जापानको सरकारी प्रसारक एनएचकेले अधिकारीहरुलाई उद्धृत गर्दै हानेडा एयरपोर्टमा पार्किङ गरिएको अर्को विमानसँग ठोक्किएर दुर्घटना भएको हुन सक्ने जनाएको छ। जापान एयरलाइन्सको उडानमा धेरै यात्रुले प्रश्न उठाएको पनि रिपोर्टहरु छन्। तर, यसबारेमा अहिलेसम्म स्पष्ट जानकारी आएको छैन। तर दुर्घटनाका तस्बिर र भिडियोमा विमानमा भीषण आगलागी भएको देखिन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS