IME Life New

जापनिज इन्सेफ्लाइटिस रोगबाट मृत्यु हुनेको संख्या दोब्बर बढ्यो, वर्षाभर सावधानी अपनाउन सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसका कारण नेपालमा यो वर्ष कुल १४ जनाको ज्यान गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो साताको पछिल्लो तीन दिनमा थप ५ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा कैलालीका तीन, सुनसरीका दुई, सिरहाका दुई, सर्लाहीका एक र झापा, पाल्पा, चितवन, कपिलवस्तु र सिन्धुलीका एक–एक जना छन् । मृत्यु हुनेमा अधिकांश १५ वर्ष मुनिका छन् ।

Esewa
Crest

महाशाखाले यो वर्ष जापानिज इन्सेफलाइटिसबाट ६१ जनामा ​​संक्रमण पुष्टि भएकोमा १४ जनाको मृत्यु भएको हो । गत वर्ष १०७ जनामा ​​संक्रमण भएकोमा सात जनाको उपचारका क्रममा ज्यान गएको थियो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु हुनेको संख्या दोब्बर बढेको छ ।

यो रोगको संक्रमणमा परेका मध्ये ज्यान गुमाउने संभावना ३० प्रतिशतसम्म हुन्छ । महाशाखाका अनुसार हालसम्मको मृत्युको संख्याको अाधारमा गणना गर्दा मृत्यु दर २३ प्रतिशत पुगेको छ।

रोग लागेपछि उपचार अक्सर प्रभावहीन हुने संभावना बढी भएकाले लामखुट्टेको टोकाइबाट जोगिनु नै प्राथमिक रोकथामको उपाय हो । जापानिज इन्सेफलाइटिसको भ्याक्सिन भएतापनि यसको प्रयोगको एक महिना लगाएपछि मात्र रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्छ ।

कसरी हुन्छ संक्रमणः

जापनिज इन्सेफ्लाइटिसको संक्रमण ‘क्युलेक्स’ जातको लामखुट्टेले टोक्दा हुन्छ । यसबाट जोगिन घरआँगनमा पानी जम्मा भएको ठाउँ पुर्ने, राति सुत्दा अनिवार्यरूपमा झुलको प्रयोग गर्ने, गाईवस्तु नजिक हुँदा शरीर छोप्ने कपडा लगाएर काम गर्ने उपाय अपनाउन चिकित्सकले सुझाव दिएका छन् । सुँगुर र हाँस लगायतका पशुपंक्षीको रगतमा पाइने इन्सेफ्लाइटिसको जीवाणुलाइ लामखुट्टेले वाहक बनेर मानिसको रगत चुस्दा रगतसम्म पुर्‍याउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS