IME Life New

जाँचबुझ समितिलाई प्रभावित पार्न अध्यक्ष ढुङ्गानाको आर्थिक प्रलोभन, नमाने पछि धम्की !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुङ्गानाले आफ्नो विषयमा गठित जाँचबुझ समितिलाई पटक पटक आर्थिक प्रलोभनमा पार्न खोजिएको पाइएको छ । अध्यक्ष ढुङ्गानाले आफु निकटहरु मार्फत छानविन समितिका पदाधिकारीहरुलाई आफ्नो पक्षमा प्रतिवेदन तयार पार्न भन्दै आर्थिक प्रलोभनमा पार्न खोजेका हुन् ।

सरकारले उच्च अदालतका पूर्वन्याधीश अनन्तराज डुम्रेमको अध्यक्षतामा,  प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्को तीन सदश्यीय जाँचबुझ समिति गठन गरेको थियो । सोहि समितिका पदाधिकारीहरुलाई ढुङ्गानाले पटक पटक आर्थिक प्रलोभन देखाएका हुन् । आर्थिक प्रलोभनमा नपरेपछि ढुङ्गानाले केहि व्यक्तिहरु मार्फत धम्क्याउन समेत लगाएका थिए ।

Esewa
Crest

ढुङ्गानाले कानुन विपरित आफ्नै छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयलाई जाँचबुझका लागि उक्त समिति गठन गरिएको थियो । उक्त समितिले ढुङ्गानाको विषयमा छानविन गरेर अर्थमन्त्रालयलाई प्रतिवेदन पनि पेश गरिसकेको छ ।

अख्तियार अनुसन्धान आयोगले अध्यक्ष ढुङ्गानाले सर्वोत्तम सिमेन्टको इन्साइडर ट्रेडिङ गरेको उजुरी पछि अर्थमन्त्रालयलाई छानविन गर्न निर्देशन दिएको थियो । अख्तियारको निर्देशन पछि मन्त्रालयले कानुन सहसचिव पाराश्वर ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

यहि समितिले भदौ २१ गते प्रतिवेदन तयार पारेर मन्त्रालयमा बुझायो । सोहि प्रतिवेदनका आधारमा मन्त्रिपरिषदले अध्यक्ष ढुङ्गानालाई निलम्बन गरी उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको थियो । यस समितिलाई ढुङ्गानाले प्रभावित पार्न खोजेका हुन् । उनको धम्कीका बाबजुत पनि यस समितिले अर्थमन्त्री जनार्दन शर्मालाई गत मंगलबार आफ्नो प्रतिवदेन बुझाइसकेको छ । यस जाँचबुझ समितिले पनि छानविन समितिको प्रतिवेदनकै आधारमा सुझाव दिएको छ । शर्माले उक्त प्रतिवदेन अध्ययन गरेर आवस्यक कमद अपनाउने जनाएका छन् ।

छानविन समितिको प्रतिवदेनमा अध्यक्ष ढुङ्गानाका ९ उजुरीका विषयमा जवाफ सहित उल्लेख गरिएको छ । ढुङ्गानाले पदको दुरुपयोग गरी करोडौ रफैयाँ भ्रष्टाचार गरेको, असार एक गते जोखिमयुक्त कम्पनी भन्दै ५१ वटा कम्पनीको सूची सार्वजनिक गर्नु अगाडी शेयर खेलाडीबाट करोडौ रुपैयाँ असुल उपर गरेको, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स नदिलाउने प्रतिवद्धता सहित ब्रोकर सँग करोडौ रुपैयाँ असुल उपर गरेको लगायतका विषयमा उनि सँग जवाफ माग गरिएको थियो । उनले सम्पुर्ण आरोपलाई बचाउ गर्दै खण्डन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS