IME Life New

जलवायू परिवर्तनकाे असरः तराईमा चापाकल सुके, पानी किनेर पिउनुपर्ने बाध्यता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌। पिउने पानीका लागी भूमीगत जलश्राेतमा निर्भर रहेका मधेश प्रदेशका सर्वसाधारणहरु जलवायू परिवर्तन र चुरे अतिक्रमका कारण भूमीगत श्राेतकाे पानी सुकेपछि पहिलाे पटक पिउने पानी किनेर खान बाध्य भएका छन् । तराईका जिल्लाहरुमा घरघरमा चापाकल गाडेर पिउने पानीको जाेहाे गरि‌ंदै आएकाेमा यसवर्ष जेठ महिनाकाे शुरुवातदेखि नै चापाकलमा पानी छैन । सर्वसाधारणले पहिलो पटक जारकाे पानी किनेर पिउनु परेकाे छ।

मधेश प्रदेशकाे एक मात्र महानगर वीरग‌ंजका बासिन्दाहरू काकाकुल भएकाे अवस्था छ। महानगरपालिकाले पिउने पानी उपलब्ध गराउनका लागी ट्यांकरमार्फत् पानी वितरणकाे प्रबन्ध मिलाउने प्रयास जारी राखेकाे छ।

Esewa
Crest

स्थानीय पत्रकार शत्रुघन नेपालले सामाजिक सञ्जाल फेसबुक पेजमा पानीकाे जार र पानी भरिएका बाेतलकाे तस्वीर राख्दै लेखेका छन्,”वीरगंजमा पिउने पानीकाे अभाव । चापाकल सुकेर खानेपानी संस्थानकाे पानीबाट घरकाे काम पूरा गर्दै अनि जारकाे पानी पिउदै । वीरगंजमा कसैले पानीकाे यस्ताे अभाव कल्पना गरेकाे थियाे ? अल्लाह मेघ दे पानी दे, हरहर महादेव पानी देउ ।”

म‌ंगलबारदेखि मनसुनकाे प्रवेशले देशका विभिन्न भेगमा वर्षा शुरु भएपछि जनजीवनमा केही राहत भएपनि भूमीगत जलश्राेतको स्तर अझै बढेकाे छैन। चुरेकाे वन विनाश र क्रसर उद्याेगले पहाड र खाेला नाला जथाभावी खाेस्रिएकाले जमिनकाे चीसाेपन हराउँदै जाँदा खाेला नाला समेत सुकेका छन् । मधेश प्रदेशकै चुरे फेदमा रहेकाे अमलेखगञ्जकाे बस्तीमा खाेलाबाट ल्याइएकाे कुलाेमा कलकल पानी बग्ने गरेकाेमा १२ वर्षयता कुलाेमा पानी बग्न छाेडेकाे छ। अमलेखगञ्जमा खाेलामा क्रसर सञ्चालनमा आएपछि खाेलासँगै कुलाेकाे पानी समेत सुकेकाे हाे । याे क्षेत्र यसै पनि पानीको अभावग्रस्त क्षेत्रका रुपमा रहेकाेमा क्रसर उद्याेगका कारण झनै पानीकाे अभाव खेप्न बाध्य भएकाे छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS