IME Life New

जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ सम्पन्न, ३१ विधामा अवार्ड वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जम्बुलिङ फिल्मस् प्रा.लीको आयोजनामा जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।म्बुलिङ इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको ग्राण्ड फिनाले बिजी बैन्क्वेट गंगबु काठमाडौंमा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री तथा संविधानसभा सदस्य पशुराम तामाङको प्रमुख आतिथ्यतामा अवार्डका अध्यक्ष ,जम्बुलिङ फिल्मस् प्रालिका प्रमुख सञ्चालक राज किङ वाईबाको अध्यक्षतामा सम्पन्न भएको हो।

यो भन्दा अगाडिको अवार्ड संस्करणहरु जस्तै यसपटकको संस्करण पनि थाइल्यान्डमा उद्घाटन गरिएको थियो र शनिबार काठमाडौँमा फिनाले सम्पन्न गरेको हो । विभिन्न ३१ विधामा अवार्ड वितरण गरिएको थियो।

Esewa
Crest

‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन हाम्रो अभियान’को नारालाई अघि बढाउँदै कम्पनीले अवार्ड आयोजना गरेको बताइएको छ । अवार्डको निर्णायक सदस्यहरुमा बरिस्ठ कलाकर्मी पवन वाङ लामा, मित्र डि गुरुङ र रमला पाख्रिन रहेको हो । कार्यक्रम उद्घोषण भने कलाकर्मी, खेलकुदकर्मी साथै सञ्चारकर्मी करण तामाङले गरेका थिए ।

सर्वोत्कृष्ट नेपाली गीत कम्पोजरमा ‘तिमी संग’ गीतबाट टीका बोम्जन, सर्वोत्कृष्ट नेपाली म्युजिक भिडियो निर्देशकमा ‘सुस्तरी सुस्तरी’ गीतबाट निकेश खड्का, सर्वोत्कृष्ट नेपाली गीत गायक ‘लजालु मायालु’ गीतबाट उर्गेन दोङ, सर्वोत्कृष्ट छायांकनमा संकम्बरीू गीतबाट नवराज उप्रेती, मोडर्न तथा पप गीत सर्वोत्कृष्ट गायकमा मेरो धट्कनू गीतबाट डाउट राई, नेपाली चलचित्र सर्वोत्कृष्ट निर्देशकमा दुई नम्बरी चलचित्रबाट दिपेन्द्र लामा रहेका छन् ।

यस्तै नेपाली गीत सर्वोत्कृष्ट गायिकामा घुमि घुमिू गीतबाट मिङ्स लामा, नेपाली गीत सर्वोत्कृष्ट मोडलमा विजय दोङ, तामाङ सेलो गीतमा सर्वोत्कृष्ट पुरुष मोडलमा टिकाराज तामाङ, तामाङ चलचित्र सर्वोत्कृष्ट अभिनेत्रीमा रञ्जिता ब्लोन, तामाङ सेलो सर्वोत्कृष्ट गायिकामा सुमिना लो, तामाङ सेलो सर्वोत्कृष्ट गायकमा जीभन बोम्जन, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट गायकमा युबि मोङग्रेसा, तामाङ सेलो गीत भिडियो सर्वोत्कृष्ट निर्देशकमा देभ दोर्जे लामा, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट नव गायिकामा ममता तामाङ रहेका छन् ।

तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट महिला मोडलमा सुनिता वाईबा, पुरुष तर्फको सर्वोत्कृष्ट मोडलमा रमेश तामाङ, म्हेन्दोमाया गीत सर्वोत्कृष्ट नव गायकमा सुर्य तामाङ, नेपाली चलचित्र सर्वोत्कृष्ट निर्माणमा किरण नेपाली, नेपाली गीत सर्वोत्कृष्ट मिक्सिङका रुपमा डिका गुरुङ, नेपाली गीत सर्वोत्कृष्ट सम्पादनमा जितु तामाङ, गायक नेपफपमा उत्तर लामा, तामाङ चलचित्र सर्वोत्कृष्ट सम्पादनमा विजय दोङ रहेका छन् ।

तामाङ चलचित्रको सर्वोत्कृष्ट एक्टरमा कुईसाङ रुम्बा, तामाङ चलचित्र सर्वोत्कृष्ट कलाकारमा प्रबल थिङ, नेपाली गीत सर्वोत्कृष्ट महिला मोडलमा प्रतिज्ञा लामा, मोडर्न तथा पप गीतको सर्वोत्कृष्ट डेब्युट मोडलमा अस्कित कार्की, तामाङ सेलो सर्वोत्कृष्ट कम्पोजरमा छेडुप लामा, म्हेन्दोमाया गीतबाट जुरी अवार्ड किर्ती गोम्जा, इनकरेजमेन्ट अवार्ड माया थोकर तामाङ र पब्लिक चोईस अवार्ड सुर्य मम्बा तामाङ, उत्कृष्ट तामाङ फिल्म नायक अमिर दोङ, म्हेन्दोमाया गायिका शान्ती माम्बा, म्हेन्दोमाया गीत छायांकार लोकेन्द्र तामाङ, सह९अभिनेत्री अनिता नेगी तामाङले विजय हासिल गरेका छन् ।

जम्बुलिङ व्यक्तित्व सम्मान २०८१ बाट बरिस्ठ कलाकर्मी तथा समाजसेवी नानी काजी डंगोल, तामाङ कला संस्कृतिकर्मी छिमि मम्बा तामाङ, कराँते खेलाडी सुस्मिता तामाङ , चलचित्रकर्मी नायक धिनेर साक्य, र समाजसेवी तथा कलाकर्मी जी पुनलाई सम्मान गरिएको थियोे । जम्बुलिङ फिल्स प्रालीले नेपाली कला सांगीतिक तथा साँस्कृतिक क्षेत्रमा पुर्याएको यो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS