IME Life New

जबरजस्ती गाडी बीमा गर्न लगाउने अमेरिकी बैंकमाथि २ करोड डलर जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पहिले नै पोलिसी खरिद गरिसकेका ग्राहकलाई जबरजस्ती गाडी बीमा गर्न लगाउने एक अमेरिकी बैंकलाई २ करोड रुपैयाँ जरिवाना लगाइएको छ।

अमेरिकाको ग्राहक वित्तीय सुरक्षा ब्युरोले फिफ्थ थर्ड बैंकलाई जरिवाना गरेको हो। यो बैंकमाथि फर्जी बैंक खाता खोल्ने र पहिले नै बीमा पोलिसी लिइसकेका ग्राहकलाई फेरि गाडी बीमा गर्न लगाएको आरोपमा दोषी ठहर गरिएको छ। बैंकलाई गाडी बीमासम्बन्धी नियम उल्लंघ गरेकोमा ५० लाख डलर र फर्जी बैंक खाता खोलेकोमा १ करोड ५० लाख डलर जरिवाना तोकिएको छ।

Esewa
Crest

ब्युरोले उक्त बैंकलाई लगभग ३६ हजार पीडित ग्राहकलाई क्षतिपूर्ति तिर्न आदेश दिइएको छ। जसमा १ हजार ग्राहकको कार बैंकको कब्जामा छन्। बैंकलाई ती कार बिक्री गर्नबाट पनि रोक लगाइएको छ।

फिफ्थ थर्ड बैंकलाई अत्याधिक शुल्कसहित गाडी कर्जाको बिल अवैध रुपमा ग्राहकलाई तिराउन खोजेको ब्युरोले जनाएको छ। ‘लगभग १ हजार परिवारले आफ्नो कार बैंकबाट फिर्ता लिन पाएनन्’, ब्युरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ब्युरोका अनुसार फिफ्थ थर्ड बैंकले लाखौँ अवैध शुल्क लगाएर सन् २०११ र २०२० को बीचमा ऋणीहरुलाई अनावश्यक र दोहोरो बीमा कभरेजका लागि बाध्य पारेको र फेरि ती गाडी पुनः आफैँले कब्जामा लिएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS