IME Life New

जनसंख्यामा चीनलाई पछि पार्दै भारत,यसैसाता विश्वकै घना जनसंख्या भएकाे मुलुक बन्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । दक्षिण एशियाली छिमेकी मुलुक भारतले विश्वकै सर्वाधिक जनस‌ंख्या भएकाे मुलुककाे पहिचान चीनसँग खाेस्ने भएकाे छ। संयुक्त राष्ट्र संघले जारी गरेकाे प्रतिवेदन अनुसार भारतले अबकाे केही दिनभित्रै अर्थात् अप्रिल महिनाकाे अन्त्यसम्ममा चीनकाे जनसंख्यालाई उछिन्ने भएकाे हाे ।

केही वर्षयता चीनकाे जनसंख्या वृद्धिदर लगातार घट्दै नकारात्मक तर्फ लम्किएकाे बेला भारतकाे जनसंख्या वृद्धिदर सकारात्मक रहेकाले भारतकाे जनस‌ंख्या चीनकाे तुलनामा बढ्दै गएकाे हाे । अप्रिल महिनाकाे अन्त्यसम्ममा भारतकाे जनसंख्या १ अर्ब ४२ कराेड ५७ लाख ७५ हजार ८५० पुग्ने संयुक्त राष्ट्र संघकाे अनुमान छ । यो प्रक्षेपण संयुक्त राष्ट्र संघको पछिल्लो अनुमान र विश्वव्यापी जनसंख्याको अनुमानमा आधारित छ।

Esewa
Crest

सन् २०२२ मा चीनको जनसङ्ख्या १ अर्ब ४२ कराेड ६० लाख पुगेकाे थियाे । याे जनसंख्या क्रमशः घट्न थालेको छ। अहिलेकाे शताब्दीको अन्त्य अघि चिनियाँ जनसंख्याको आकार १ अर्बभन्दा तल झर्ने अनुमान गरिएको छ। यसको विपरित, भारतको जनसङ्ख्या केही दशकसम्म बढ्ने अपेक्षा गरिएको छ।

सन् २०२२ मा भएकाे जनगणनामा चीन विश्वको सबैभन्दा कम प्रजनन दर (प्रति महिला १.२ शिशु) मध्ये एक थियो। भारतको हालको प्रजनन दर (प्रति महिला २ शिशु ) २‍.१ शिशुकाे “प्रतिस्थापन” सीमा भन्दा तल छ, याे दर बसाई सराईकाे अनुपस्थितिमा लामो समयसम्म जनसंख्या स्थिरीकरणको लागि आवश्यक दर हाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS