IME Life New

जनरल इन्स्योरेन्सको खुद नाफा ५६ प्रतिशतले बढ्यो, बीमा कोषमा १४ करोड ९२ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सुचकमा प्रगति देखिएको छ ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १३ करोड ३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६ करोड ६२ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।

Esewa
Crest

यस अवधिमा कम्पनीको बीमा कोषमा १४ करोड ९२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७ करोड ४८ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको हो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८ र७९ को दोस्रो त्रैमाससम्ममा १३ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२ दशमलव ९७ प्रतिशतले बढेकोे छ ।

यस अवधिमा कम्पनीको खुद नाफा ५ करोड ६८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३ करोड ६४ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ५६ प्रतिशतले बढी हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ११७ प्रतिशतले बृद्धि गरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा रहेको छ । पिइ अनुपात ५९.१५ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS