IME Life New

जनकपुर नाइट्सले चुम्यो नेपाल कबड्डी लिगको उपाधी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल कबड्डी लिग(एनकेएल) को पहिलो संस्करणको उपाधी जनकपुर नाइट्सले हात पारेको छ। फाइनल खेलमा काठमाडाैं मेभरिक्सलाइ पराजित गर्दै जनकपुर नाइट्सले उपाधि हात पार्न सफल भएको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल प्रतियोगितामा जनकपुरले काठमाडाैं विरूद्ध ४५-४१ अंकको जित दर्ज गर्न सफल भएको हो। जनकपुर नाइट्सको प्रायोजन निर्जीवन बीमक, नेको इन्स्योरेन्सले गरेको थियो।

Esewa
Crest

उपाधी विजेता जनकपुरले ५ लाख रूपैयाँ नगद राशीको पुरस्कार सहित ट्रफी समेत हात पारेको छ। उपविजेता काठमाडाैंले भने दुई लाख रूपैयाँ नगद राशी पुरस्कार पाएको छ।

फाइनल खेलको पहिलो हाफमै जनकपुरले ६ अंकको अग्रता लिएको थियो। रेइडबाट जनकपुरले आठ, ट्याकल ६, दुई अलआउटबाट चार तथा बोनश र अतिरिक्तबाट सात अंक जोडेको थियो। काठमाडाैंले भने रेइडबाट दुई, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्तबाट ११ अंक मात्रै बटुल्न सक्यो। योसँगै पहिलो हाफ २५–१९ मा सकिएको थियो।

मध्यान्ह पछिको खेलमा कप्तान घनश्याम रोक्कामगरले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडाैंलाई खेलमा फर्काएका थिए। तर, अन्तिम मिनेटतिर सम्हालिन नसक्दा काठमाडाैं उपाधिबाट विमुख हुन पुग्यो।

काठमाडाैंले रेइडबाट सात, ट्याकलबाट पाँच, एक अलआउटबाट दुई तथा बोनस तथा अतिरिक्तबाट आठ अंक जोडेको थियो। जनकपुरले भने रेइडबाट सात, ट्याकलबाट ६ तथा बोनश र अतिरिक्त गरेर पाँच अंक मात्रै बटुल्न सक्यो।

लिग चरणको खेलमा जनकपुरले विराटनगरलाइ हराउँदै फाइनल चरणमा प्रवेश पाएको थियो। यसैगरी लिग चरणको तेश्रो स्थानमा रहेको काठमाडाैंले एलिमिनेटर,दोश्रो क्वालिफायर हुँदै फाइनलसम्मको यात्रा सुनिश्चित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS