IME Life New

जनउत्थान सामुदायिक लघुवित्तले एक अर्बको परियोजनाका लागि गर्यो सम्झौतापत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. र नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय बैकल्पीक उर्जा कोष बीच माघ २८ गते विद्युतीय चुलो प्रर्वधन गर्ने उदेश्यका साथ Clean Cooking Solution परियोजना कार्यान्वयनका लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले एक औपचारिक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा वेलायती दुतावासबाट नवीकरणीय ऊर्जा सल्लाहकार रेशा पिया, नेपाल नवीकरणीय उर्जा कार्यक्रमबाट टिम लिडर म्यगनबिक Douglas Wayne Hinrichs, डेपुटी टिम लिडर प्रेम सागर सुवेदी, फण्ड म्यानेजर सुन्याना ताम्राकार, अचुत हरी अर्याल, मनु विनोद अर्याल लगायतको उपस्थिती रहेको थियो ।

Esewa
Crest

वित्तीय संस्थाले प्रदान गर्दै आईरहेको सेवालाई थप परिष्कृत बनाउदै राज्यको प्राथमिकता क्षेत्रमा रहेको विद्युतीय चुलो प्रवद्र्धन अभियानलाई वित्तीय संस्थामा आवद्ध समुह सदस्यहरुको पहुँच सम्म पुर्याउने उदेश्यका साथ बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र द्वारा सञ्चालित नेपाल नवीकरणीय उर्जा कार्यक्रमसँग सहकार्य गरी उक्त परियोजना लुम्बीनि प्रदेश अन्तर्गतका शाखा कार्यालयहरु मार्फत कम्तिमा १० हजार घरधुरीहरुमा विद्युतीय चुलो प्रर्वधन गर्नका लागि अधिकतम बजेट रकम ९९ लाख ९९ हजार ८९८ रुपैयाँ कार्यसम्पादनको आधारमा आर्थिक सहयोग प्राप्त हुने गरी परियोजना कार्यान्वयनका लागि सम्झौता सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS