IME Life New

जनउत्थानको अर्धवार्षिक समिक्षा बैठक तथा धितो मूल्याङ्ककन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मिति २०७८ माघ २०, २१ र २२ गते कास्की जिल्लाको पोखारा मा आथिृक वर्ष २०७८/०७९ को अर्धवार्षिक समिक्षा बैठक तथा धितो मूल्यांकन तथा जोखिम व्यवस्थापन तालिम वित्तीय संस्थाका अध्यक्ष बावुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै वित्तीय संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माले वित्तीय संस्थामा भई रहेका गतिविधिहरुको मूल्याङ्ककन, समिक्षा गर्दै आगामी रणनीतिहरु तय गर्नु पर्ने र संस्थामा देखिन सक्ने हरेक प्रकृतिका जोखिमहरुको न्यूनिकरणका विषयमा समेत समिक्षा बैठकले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने सुझाव दिए ।

Esewa
Crest

अर्धवार्षिक समिक्षा बैठक कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुखहरुले शाखा कार्यालयहरुलाई दिइएको लक्ष्य अनुसार आ–आफ्नो शाखाको प्रगति विवरण पेश गर्नुका साथै आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु प्रस्तुत गरेका थिए ।

अर्धवार्षिक समिक्षा बैठकसँगै संस्थाले शाखा प्रमुखहरुको क्षमता अभिवृद्धिका लागि धितो मूल्याङ्ककन तथा जोखिम व्यवस्थापन सँग सम्बन्धी तालिम पनि आयोजना गरेको थियो जसको सहजीकरण लेखनाथ दाहाल र खगेन्द्र तिमिल्सेनाले गरेका थिए ।

उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्मा, नरेन्द्र कंडेल, गोकर्ण बहादुर कार्की क्षेत्री, संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल लगायतले आ–आफ्नो महत्वपूर्ण सुझावहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS