काठमाडौं । विकास आयोजनाका लागि जग्गा प्राप्तिलाई सरल र छरितो बनाउन जग्गा प्राप्ति ऐनमा संशोधन गर्ने गरी नीति ल्याउने व्यवस्था मिलाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले जनाएका छन् । आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले जग्गा मुआब्जाको कार्य छिटो छरितो गर्ने उल्लेख गरेका हुन् । आगामि आर्थिक वर्षमा जग्गाको मुआब्जा निर्धारण गर्दा मालपोत कार्यालयलो दोहोरो मूल्याङकनको आधारमा गरिने समेत उनले बताएका छन् ।
जग्गा प्राप्ति ऐनमा संशोधन गरिने












