IME Life New

छुट्टै एसएमई प्लेटफर्म नबनाउने मुडमा नेप्से, एउटा उपसमूह थपे पुग्ने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अधिकारीहरु साना तथा मझौला कम्पनीहरुका लागि छुट्टै ‘एसएमई प्लेटफर्म’ तर्क गर्न थालेका छन्।

सरकारले नेपाल धितोपत्र बोर्डले तयार गरेको ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ स्वीकृत गरेसँगै माघ ३ गतेबाट लागू भइसकेको छ। धितोपत्र नियमावली गरेसँगै कार्यान्वयन गर्न नेप्से र सीडीएससीलाई निर्देशन दिएको छ।

Esewa
Crest

धितोपत्र बोर्डले नियमावली कार्यान्वयन गर्नु भनी निर्देशन दिनुको अर्थ साना तथा मझौला कम्पनीहरुको शेयर कारोबारका लागि छुट्टै एसएमई प्लेटफर्म बनाउनु भनेको हो। तर, नेप्सेका अधिकारीहरुले भने एसएमई प्लेफर्म बनाउनु नपर्ने भन्दै फरक मत राख्न थालेका छन्। ‘मेरो विचारमा साना तथा मझौला कम्पनीहरुको शेयर कारोबारका लागि मात्र भनेर छुट्टै इन्डेक्स बनाउनुपर्दैन’, नेप्सेका एक अधिकारीले भने, ‘नेप्से इन्डेक्समा अहिले रहेका उपसमूहजस्तै अर्को एउटा उपसमूह थपे पुग्छ। यसो गरेमा समय पनि बच्छ, झन्झट पनि गरिरहनुपर्दैन।’

ती अधिकारीका अनुसार धितोपत्र बोर्डले निर्देशन दिएपछि नेप्सेमा अहिले छुट्टै एसएमई प्लेटफर्म बनाउने कि एसएमई उपसमूह बनाउने भन्ने विषयमा छलफल सुरु भएको छ। ‘अधिकांशको मत एसएमई उपसमूह बनाउनु नै उचित हुने रहेको छ’, ती अधिकारीले भने, ‘अब केही दिनमै एउटै निर्णय गरेर नेप्से सञ्चालक समितिमा पेस गर्छौं।’

नेप्सेले गरेको निर्णयमा धितोपत्र बोर्डको सहमति लिइरहनु नपर्ने ती अधिकारीको तर्क छ। ‘किनकि बजार सञ्चालक हामी हौँ, हामीले कस्ता कम्पनीलाई कुन समूहमा राखेर कारोबार सञ्चालन गर्ने भन्ने निर्णय गर्ने हो’, ती अधिकारीले भने, ‘त्यसैले साना तथा मझौला कम्पनीहरुको शेयर कारोबारका विषयमा पनि हामीले निर्णय गर्ने हो। धितोपत्र बोर्डको स्वीकृति लिइरहनुपर्दैन। जानकारी दिए पुग्छ।’

उता धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले नियमावली लागू भए पनि साना तथा मझौला कम्पनीहरुको शेयर निष्कासन र कारोबारका लागि केही समय लाग्ने बताए। ‘नियमावली भर्खर लागू भएको छ, नेप्से साना तथा मझौला कम्पनीहरुको शेयर कारोबारसम्बन्धी कार्यविधि तयार गर्नुका साथै आवश्यक पूर्वाधार विकास गर्नुपर्छ’, उनले भने, ‘त्यसैले यसमा केही समय लाग्छ।’

एउटा प्रणाली वा इन्डेक्समा साना तथा मझौला कम्पनीहरुको छुट्टै उपसमूह राखेर कारोबार सञ्चालन गर्न सकिन्छ भन्ने कुरा प्राविधिक भएकोले यसमा थप अध्ययन गर्न आवश्यक रहेको प्रवक्ता घिमिरेले बताए। ‘बजार सञ्चालक नेप्से भएकोले यसमा उहाँहरुले उचित प्रणालीको विकास गर्नुहुन्छ’, उनले भने, ‘साना तथा मझौला कम्पनीहरुको छुट्टै शेयर कारोबारका विषयमा पछि थप कुराहरु आउलान्। अहिले नै यस्तै हुनुपर्छ भन्ने कुरा गर्दा हतारो हुन सक्छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS