IME Life New

छिमेक लघुवित्तको नाफा रु. ४३.६२ करोड, ब्याज आम्दानी रु. १.३८ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म संस्थाले ४३ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ५५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको नाफामा २१.५५ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म संस्थाले ६१ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष संस्थाले यही अवधिसम्म ७९ करोड ७८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। सञ्चालन मुनाफामा पनि २३.०६ प्रतिशतको संकुचन आएको छ।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.९५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ०.९४ प्रतिशत थियो। खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर २४ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले इम्पेयरमेन्ट चार्जका रुपमा २० करोड २९ लाख रुपैयाँ छुट्याएको थियो।

दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी पनि ३.५९ प्रतिशतले घटेर १ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४३ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाले ३१ अर्ब ८८ करोड निक्षेप संकलन गरी ३१ अर्ब ८७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३० अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी २ अर्ब ९७ करोड रुपैयाँ रहेको संस्थाको रिजर्भको रिटेन्ड अर्निङमा १ अर्ब २८ करोड रुपैयाँ र रिजर्भमा २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष संस्थाको रिटेन्ड अर्निङमा १ अर्ब ३७ करोड रुपैयाँ र रिजर्भमा २ अर्ब ४९ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २९.३० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४७.८५ रुपैयाँ थियो। पीई रेसियो २९.७६ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २३१.५२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS