IME Life New

चौथो त्रैमासमा ङादी ग्रुप पावरको नाफामा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत असार मसान्तसम्ममा कम्पनीले ७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३५.१९ प्रतिशत घटेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष ८ करोड ३४ लाख रुपैयाँ संचिती रहेको छ।

Esewa
Crest

यस अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ४४.४५ प्रतिशत बढेर १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ५०.०२ प्रतिशत बढेको छ भने गैर सञ्चालन आम्दानी ३२.४९ प्रतिशत घटेको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १७ पैसा घटेर १० रुपैयाँ ७७ पैसा मा झरेको छ। यस अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २७.५७ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ८० पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS