IME Life New

चौतारी लघुवित्तले दियो ११ वटा शाखाका कर्मचारीलाई फिल्ड व्यवस्थापन तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुलाई तालिम दिएको छ । संस्थाले दाङ, सल्यान, पूर्वी रुकुम जिल्लामा रहेका ११ वटा शाखा कार्यालयमा कार्यरत फिल्ड कर्मचारीहरुलाई फिल्ड सहायक स्तरीय फिल्ड व्यवस्थापन तालिम दिएको हो ।

संस्थाका तालिम कोर्डिनेटर तथा आन्तरिक लेखा परिक्षण विभागका बिभागीय प्रमुख बिमल खनालको अध्यक्षता र अनुगमन अधिकृत कौशल खड्काको उद्षोषणमा संचालन भएको तालिम दाङको घोराहीमा सम्पन्न भएको जनाएको छ ।

Esewa
Crest

संस्थाका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशिले तालिमको उद्धेश्य तथा महत्वको बारेमा प्रष्ट पारेका थिए । साथै उनले दक्ष कर्मचारीहरुले मात्र ग्राहक सदस्यहरुलाई प्रभावकारी रुपले सेवा प्रदान गर्न सक्ने भएकाले संस्थाले हरेक तहका कर्मचारीहरुलाई आगामी दिनमा योजनाबद्ध रुपले तालिम प्रदान गर्ने जानकारी समेत दिएका थिए ।

उक्त तालिमका प्रशिक्षकहरुमा संस्थाका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशी, आन्तरिक लेखा परिक्षण बिभाग प्रमुख बिमल खनाल, अनुगमन अधिकृत कौशल खड्का, वित्त तथा सुचना प्रबिधि बिभागका सहायक अधिकृत ई.सुबास गुप्ता, आन्तरिक लेखा परिक्षण विभागमा कार्यरत सहायक अधिकृत प्रमिश लोहनी, अनुगमन अधिकृत राजेश के.सि र गोग्ली शाखा कार्यालयका शाखा प्रमुख केशब राज गिरी रहेका थिए ।

उक्त तालिममा सहभागी कर्मचारीहरुले तालिम कार्यक्रममा ग्राहक संरक्षण सम्बन्धमा, केन्द््र ब्यवस्थापन सम्बन्धम, समूह निर्माण तथा पद्धती बारेमा, सूचना प्रबिधि सम्बन्धमा, सामाजीक उतरदायित्व बिषयमा, उत्प्रेरणा शिक्षा सम्बन्धमा र कर्जा बिश्लेषण सम्बन्धमा जानकारी हासिल गरेका थिए ।

संस्थाले तालिम मार्फत कर्मचारीहरुको दक्षतामा बृद्धि भई ग्राहक सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधामा थप प्रभावकारी हने विश्वास लिएको छ ।
हलसम्म् संस्थाले ४२ हजार सदस्य सख्या, १ अर्ब ५८ करोड लगानीमा रहेको कर्जा तथा ४८ करोड ५० लाख निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS