IME Life New

चोरमारा बजारमा नेपाल बैंकको २१३औं शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित मध्यविन्दु नगरपालिका वडा नंं ७ चोरमारा बजारमा २१३ औं शाखा संचालनमा ल्याएको छ । अर्थ सचिव एवं नेपाल बैंक संचालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सचिव मरासिनीले यस क्षेत्रमा नेपाल बैंक लिमिटेडको शाखा स्थापना हुनु स्थानिय स्तरमा आर्थिक बिकासको ढोका खुल्नु भएकाले यस शाखाले स्थानिय जनताहरु विच वित्तीय साक्षरता र वित्तीय पहुँचको वृद्धि गर्ने साथै जनताहरुले पनि बैंकबाट आफु अनुकुलको वित्तीय सेवा लिनुपर्ने र यसरी सरकारी बैंक तथा वित्तीय संस्था खुल्नु मध्यविन्दु नगरपालिका बासीलाई अवसर भएको बताए ।

Esewa
Crest

कार्यक्रमका नगर प्रमुख चन्द्रबहादुर रानाले सरकारी कारोवारका लागि जिल्ला सदरमुकाम कावासोती जानुपर्ने बाध्यता हट्दै यहि नगरपालिका भित्र सरकारी बैंकको रुपमा नेपाल बैंक लिमिटेड स्थापना हुनु नगरबासीका लागि खुशीको कुरा भएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीले नेपाल बैंक लिमिटेड पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म पुगी २१३ शाखा विस्तार गरेको छ र आगामी दिनमा ७७ वटै जिल्लामा पुगेर आधुनिक बैकिङ्ग सेवा विस्तार गर्ने बताए । साथै मध्यविन्दु नगरपालिका भित्र आर्थिक विकासको सम्भावना भएको हुँदा यस क्षेत्रका बासिन्दाका लागि नेपाल बैकको स्थापना हुनु अवसर भएको बताए ।

आलसम्म बैंकले २१३ शाखाहरु, १४७ एटिएम, ४९ वटा एक्टेन्सन काउन्टरका साथै बिभिन्न डिजिटल माध्यमहरु मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS