IME Life New

चैत २९ गतेदेखि समृद्धि फाइनान्सले अवितरित हकप्रद लिलामीमा विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले चैत २९ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रिया मार्फत विक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता शेयर र सर्वसाधारण समुहको ७३ हजार १ सय कित्ता गरि कुल ९ लाख ४० हजार ४ सय ६६ कित्ता शेयर लिलामी मार्फत विक्री गर्न लागेको जनाएको छ ।

यस लिलामको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।लिलामीको शेयरमा बैशाख ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ ।

Esewa
Crest

सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक तर्फ न्युनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ ।

उक्त शेयरको बोलपत्र बिओके क्यापिटल मार्केट लि।, नारायणचौर, नक्साल, काठमाण्डौ, बैंक अफ काठमाण्डू लि।को शाखा कार्यालयहरु मेनरोड बिराटनगर, आदर्शनगर विरगंज, न्यूरोड (पोखरा, ट्राफिक चोक (बुटवल, सुर्खेत रोड नेपालगंज, विरेन्द्रचौक विरेन्द्रनगर( सुर्खेत मेनरोड, चौराहा( धनगढीबाट पेश गर्न सकिनेछ ।

त्यस्तै, समृद्धि फाइनान्स कम्पनीको केन्द्रिय कार्यालय हेटौडा मकवानपुर, शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, नारायणगढचितवन, पोखरा कास्की, बुटवल रुपन्देहीबाट पनि पेश गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS