IME Life New

चीनमा विद्युतीय कारको सबै खाले जोखिम बहन हुने गरी बीमा निर्देशिका लागू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं। छिमेकी मुलुक चीनमा शनिबारदेखि वैकल्पिक ऊर्जामा आधारित सवारी साधनको बीमाको लागि विशेष डिजिटल मञ्च सञ्चालनमा ल्याइएको छ। वित्तीय तथा बीमा क्षेत्रको नियामकले विद्युतीय सवारी साधनको सबै खाले जोखिम बहन हुने गरी पहिलो निर्देशिका जारी गरेको भोलिपल्टै देखि यो सुविधा शुरू भएको हो।

नयाँ निर्देशिकाले वैकल्पिक उर्जामा आधारित सवारी साधन इभी(इलेक्ट्रिक भेइकल) को बीमाका लागि सवारी धनी र स्वयम बीमा कम्पनीले सामना गरिरहेका प्रमुख चुनौतीलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

Esewa
Crest

यी प्रयासहरूको समर्थनमा, चीनको बीमा संघ र सांघाई बीमा एक्सचेन्जले नयाँ निर्देशिकामा आधारित बीमा प्लेटफर्म शनिबार देखि शुरू गरिएको छ। डिजिटल प्लेटफर्म एनइभीको लागि उचित बीमा सुरक्षण सुनिश्चित गर्न डिजाइन गरिएको हो। प्लेटफर्ममा सहभागी हुने बीमकलाई जोखिम बहन अस्वीकार गर्न निषेध गरिनेछ।

साइन डट कमका अनुसार, सवारीधनीहरू लामो समयदेखि उच्च बीमाशुल्कसँगै जोखिम बहन अस्वीकार हुने जोखिमसँग संघर्ष गरिरहेकाले यो नयाँ निर्देशिकाले सवारीधनीलाई राहत मिल्नेछ। साथै, वैकल्पिक उर्जा(विशेषगरी विद्युतमा आधारित) सवारी साधनको उच्च मर्मत लागतका कारण बीमकहरू पनि वित्तीय घाटाको बोझले थिचिएका छन्।

राष्ट्रिय वित्तीय नियामक प्रशासन र तीन अन्य सरकारी अंगहरूद्वारा संयुक्त रूपमा जारी गरिएको निर्देशनले वैकल्पिक उर्जा आधारित सवारी साधनका लागि मर्मत लागत घटाउने लक्ष्य राखेका छन्। तिनीहरूले बीमा मोडेलहरूको लागि जोखिम वर्गीकरण प्रणाली स्थापनाको आवश्यकतालाई पनि जोड दिन्छन्।

 

हालैका वर्षहरूमा चीनको  इभी सवारी साधनको क्षेत्रले द्रुत विकास देखेको छ। २०२४ को अन्त्यसम्ममा, चीनमा प्रयोगमा रहेका इभीको संख्या ३ करोड १४ लाख पुगेको थियो, जुन विगत एक दशकमा २६० गुणाले वृद्धि भएको आधिकारिक तथ्याङ्कले देखाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS