IME Life New

चीनमा गएको शक्तिशाली भूकम्पबाट ९ जनाको मृत्यु, नेपालमा क्षतिको यकिन हुन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहान गएको शक्तिशाली भूकम्पबाट चीनमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार मंलबार बिहान (चिनियाँ समय) करिब ९ बजेर ५ मिनेटमा दक्षिणपश्चिम चीनको सिगाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। चीनमा गएको भूकम्पका कारण अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

Esewa
Crest

नेपाली समयअनुसार मंगलबार बिहान ६ बजेर ५२ मिनेटमा राजधानी काठमाडौं र आसपासका क्षेत्रमा भूकम्प गएको थियो। भूकम्पको धक्का काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, पूर्वी नेपाललगायत आसपासका जिल्लामा महसुस गरिएको थियो।

नेपालमा पनि भूकम्पको तीव्रता रेक्टर स्केलमा ७.० थियो। नेपालको सीमानजिक तिब्बतमा पनि भूकम्प गएको छ। भारतका धेरै ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। नेपालको लोबुचेबाट ९० किलोमिटर उत्तरपूर्वमा ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ। भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा थियो।

भूकम्पको तीव्रताका कारण धेरै क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ। बिहानै भूकम्प गएपछि मानिसहरु घरमै थिए। शक्तिशाली भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घरबाहिर निस्केका थिए। नेपालमा भूकम्पका कारण भएको जनधनको क्षतिको विवरण भने आउन सकेको छैन। भूकम्पको तीव्रतालाई ध्यानमा राखी केही क्षेत्रमा क्षतिको सम्भावना रहेको छ।

भूकम्पको तीव्रता रेक्टर स्केलमा ७ वा सोभन्दा बढी भएमा त्यसलाई खतरनाक मानिन्छ। यस तीव्रताको भूकम्पमा भवनहरु भत्किने सम्भावना रहन्छ। यति तीव्रताको भूकम्पले भवन, सडक र पुल भत्किने जोखिम हुन्छ। यस्तो अवस्थामा मंगलबार बिहान गएको भूकम्पको तीव्रता खतरनाक तहमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS