IME Life New

चितवनमा लामिछानेको विशाल सभा, सिंहदरवार खुल्ला गर्न चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १० दिन लामो प्रहरी हिराशतबाट सोमबार साँझ पाँच लाख धरौटीमा रिहा भएका न्यूज २४ टिभीका सञ्चारकर्मी रवि लामिछानेले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवार आम सर्वसधारणको लागि बिना शर्त प्रवेश दिने व्यवस्था गर्न सरकारलाई चुनौति दिएका छन् ।

Esewa
Crest

धरौटीमा रिहा भएको भोलिपल्ट चिवतनमा सभाको आयोजना गरी सञ्चारकर्मी लामिछानेले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवार जनताका लागि खुल्ला राख्न सरकारलाई आह्वान गरेका छन् । उनले भने, ‘जनताले आफूले भोट दिएको नेतालाई भेटेर गुनासो सुनाउन किन नपाउने ? त्यो सिंहदरवार जनताको लागि खुल्ला हुनुपर्दछ ।’

हजारौं मानिस सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जीवनभर न्यायका पक्षमा लडाई लड्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकार पुडासैनीको हत्या सम्बन्धी कार्यक्रम आफूले तयार गरिसकेको समेत खुलासा गरेका छन् । उनले भने, ‘पत्रकार पुडासैनीको घटनाको सम्बन्धमा मलाई तीन मिनेट भए पुग्छ, अहिले बोल्न मिल्दैन, म पक्राउ पर्ने दिनको कार्यक्रममा तीन मिनेटमा पर्दाफास हुनेवाला थियो, तर प्रहरीको बुट बजारियो, अहिले बोल्न मिल्दैन, यसको वास्तविकता पत्ता लगाउने काम प्रहरीको हो, राज्य र सरकारको हो । मैले पत्ता लगाउन परेको खण्डमा तीन मिनेट नै काफी छ ।’

उनले तत्काल आफू राजनीतिमा नआउने तर, राजनीतिको विकृति, कुसंस्कारलाई सुधार गर्न आफ्ना आगामी दिन खर्च गर्नेै प्रतिबद्धता व्यक्त गरेका छन् । लामिछानेले आफ्नो सम्पपित्त विवरण समेत सार्वजनिक गर्ने घोषणा गरेका छन् । सोही सभामार्फत लामिछानेले आगामी शनिबारदेखि मात्रै सिधा कुरा नामक टिभी कार्यक्रम प्रशारण हुने जानकारी गराएका छन् ।

मंगलबार विहान लामिछानेले स्थानीय अस्पतालमा गई आन्दोलनमा घाइते भई उपचार गराईरहेका आफ्ना समर्थकहरुसँग भेटघाट गरेका थिए । अस्पतालमा उनले बिरामीसँग भेट गरी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । अस्पतालमा उपचार गराइरहेका बिरामी मध्ये एक जनाको हात भाँचिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS