IME Life New

चितवनमा नेप्से र सिडिएससीले शेयर बजार सम्बन्धी तालिम दिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वसाधारण लगानीकर्ताको शेयर बजार प्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै चितवनको भरतपुरमा पूँजीबजार लगानीकर्ता सचेतना तथा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । पूँजीबजारमा आबद्ध लगानीकर्तालाई नेपाली पूँजी बजारको वर्तमान अवस्था तथा भविष्यबारे जानकारी दिने उदेश्यले नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सयुक्त सक्रियतामा कार्यक्रमको योजना गरिएको हो । कार्यक्रमको स्थानीय संयोजक चितवनको भ्याली स्टेट कलेज भरतपुर रहेको छ ।

कार्यक्रममा शेयर बजारको प्राथमिक तथा दोस्रो बजार सम्बन्धी विशेष जानकारी उपलब्ध गराइने तथा राष्ट्रिय अर्थतन्त्रमा पुंजी बजारको महत्व सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम समेत संचालन गरिने भ्याली स्टेट कलेजका अध्यापक आइआर सुवेदीले जानकारी दिए ।

Esewa
Crest

मङ्सिर २३ गते शुक्रबार बिहान १० बजे देखि दिउँसो १ बजे सम्म बसन्तचोकको ”स्मार्ट ब्याङ्क्वेट” मा हुने कार्यक्रमको मुख्य प्रशिक्षकमा नेपाल स्टक एक्सचेन्जका व्यवस्थापक निरन्जन फुयाल, वरिस्ठ सूचना प्रविधि अधिकृत प्रभाकर घिमिरे, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख संचालन अधिकृत कन्चन सापकोटा, शेयर बजार विश्लेषक कृष्ण गिरी लगायतले प्रशिक्षण दिने आयोजकले बताएको छ ।

नि:शुल्क प्रवेशको ब्यबस्था मिलाइएको कार्यक्रममा उपस्थित हुन भ्याली स्टेट कलेजका प्रीन्सिपल बाबुराम खनालले सम्पुर्णमा आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS