IME Life New

चाैधरी समूहले किनेपछि हिमालयन ब्रुअरीकाे काराेबार सुध्रियाे, गर्याे रू. ५२ कराेडकाे काराेबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । चाैधरी समूहले स्वामित्वमा लिएपछि आइसबर्ग वियर उत्पादक उद्याेग हिमालयन वियरकाे काराेबार तीन वर्षकाे अन्तरालमा झण्डै तीन गुणाले वृद्धि भएकाे छ। ललितपुरकाे गाेदावरीमा अवस्थित हिमालयन ब्रुअरीले गत वर्ष ५२ कराेड ७० लाख रुपैयाँ बराबरकाे काराेबार गरेकाे छ।

इन्फाेमेरिक्स नेपालका अनुसार आव २०७७।७८ मा १८ कराेड ५० लाख रुपैयाँकाे काराेबार गरेकाेमा गत आव २०७८।७९ मा कूल ५२ कराेड ७० लाख रुपैयाँकाे काराेबार गरेकाे हाे । गत आवमा काराेबार सुधारसँगै उत्पादन क्षमताकाे ५१ प्रतिशतसम्म सदुपयाेग गर्न पाएकाे थियाे ।  चालू आर्थिक वर्ष २०७९।८० काे अर्द्ध वार्षिक अवधिमा बियरकाे बजार माग घटेसँगै काराेबार पनि ह्वात्तै घटेकाे छ। बिक्री काराेबार घटेकाले याे अवधिमा कूल उत्पादन क्षमताकाे ११ प्रतिशत मात्र उपयाेग गर्न पाएकाे छ।

Esewa
Crest

चाैधरी समूह अन्तर्गतकाे अरुण समूहले २०७६ भदाैमा हिमालयन ब्रुअरीकाे शेयर स्वामित्व खरिद गरेका थिए । याे ब्रुअरीले काठमाण्डु, आइसबर्ग, निन्जा, कमाण्डाे  र हिमालयन ब्राण्डमा बियर उत्पादन र बिक्री गरिरहेकाे छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS