IME Life New

चालू आर्थिक वर्षमा सातौं पटक रिपो जारी गर्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सात दिनको लागी अल्पकालीन कर्जा उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गर्दै १० अर्ब रुपैयाँ रिपो जारी गर्न लागेको जनाएको छ ।

कर्जा लगानीको तुलनामा निक्षेपको अभाव चर्किएपछि कर्जा निक्षेप अनुपात कायम गर्न सकस खेपिरहेका बैंक तथा वित्तीय संस्थालाई राहत दिनको लागी राष्ट्र बैंकले सात दिने कर्जा उपलब्ध गराउन लागेको हो ।

Esewa
Crest

राष्ट्र बैंकले बोलकबोलमार्फत् सर्वाधिक ब्याज प्रस्ताव गर्ने बैंक,वित्तीय संस्थालाई प्रस्ताव अनुसारको रकम कर्जा स्वरुप उपलब्ध गराउने छ। यस्तो रकम सात दिनपछि पुनः खिच्ने भएकाले रिपर्चेज एग्रिमेन्ट(पुनः खरिद गर्ने सम्झौता) भनिएको हो ।

राष्ट्र बैंकले भदौ १७ गतेयता पटक पटक गरेर ६ पटक रिपो जारी गरिसकेको छ । यस अवधिमा राष्ट्र बैंकले सात दिने र चौध दिने अवधिको गरी कूल १ खर्ब ५० अर्ब रुपैयाँ अल्पकालीन कर्जा उपलब्ध गराएको थियो । रिपो अन्तर्गत अवधि समाप्त भएपछि सम्बन्धित बैंक वित्तीय संस्थाले कबुल गरेको ब्याज सहित राष्ट्र बैंकलाई कर्जा रकम फिर्ता गर्नुपर्छ ।

निक्षेप संकलनको तुलनामा अधिक कर्जा प्रवाह गरेका बैंक,वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात ९० प्रतिशतको सीमाभित्र कायम राख्नुपर्ने भएकोले तरलता कायम राख्नको लागी राष्ट्र बैंकको आड लिनुपरेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा रिपोको लागी ४.६ प्रतिशत देखि ५ प्रतिशतसम्ममा बैंक वित्तीय संस्थाले ब्याज तिरेका छन् । सर्वसाधारणबाट संकलित निक्षेप तथा अन्तर बैंक कर्जा लिंदा समेत बैंक वित्तीय संस्थासँग तरलता अभाव भएको अवस्थामा राष्ट्र बैंकले रिपो जारी गर्छ । साथै बैंक तथा वित्तीय संस्थासँग पर्याप्त नगद भएपनि लगानीको अवसर सीमित भएर बजारमा मुद्रा प्रवाह अधिक भएको अवस्थामा राष्ट्र बैंकले नै अल्पकालीन कर्जाको रुपमा बैंकवित्तीय संस्थासँग भएको नगद रकम उठाउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS