IME Life New

चार हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाभांशको सिजन सूरु भएसँगै कम्पनीहरुले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिरहेका छन् । हालसम्म नेप्से सूचिकृत कम्पनीहरुमध्ये चार हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचिकृतमध्ये कुल २९ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । जसमध्ये सबैभन्दा धेरै म्युचुअल फण्डले प्रतिफल घोषणा गरेका छन् । कमर्सियल बैंकमा एभरेष्ट बैंकले मात्रै लाभांश प्रस्ताव गरेको छ ।

हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरुमा सुपरमाई हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी, माण्डु हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावर कम्पनी हुन् । यीमध्ये दुई कम्पनीको बुक क्लोज र साधारण सभाको मिति तय भएको छ भने दुई कम्पनीको तय भएको छैन् ।

Esewa
Crest

माण्डु हाइड्रोपावर
कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरेर शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको १३ औँ वार्षिक साधारणसभा आउँदो असोज १४ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ । सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ ३० गतेसम्म कायम शेयरधनीमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०८०।८१ को खुद मुनाफा र सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ४ प्रतिशतले हुन आउने २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँबराबर बोनस शेयर र करसहित १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँबराबरको नगद लाभांश छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आउँदो असोज १६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको नयाँबानेश्वर थापागाउँस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन् । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

त्यस्तै, अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यता, सुपरमाई हाईड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

38%
sad

दु :खी

13%
amazed

अचम्मित

38%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS