IME Life New

चार महिनामा वाणिज्य बैंकहरुले दिए रु. ६३ अर्ब बढी शेयर कर्जा, सबैभन्दा बढी नबिलबाट प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म वाणिज्य बैंकले ६३ अर्ब १५ करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १९ वटा वाणिज्य बैंकले कुल ६३ अर्ब १५ करोड ३ लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने शेयर कर्जा प्रवाह नगरेको तथ्यांकले देखाउँछ।

Esewa
Crest

यो ४ महिनामा सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गनेृमा नबिल बैंक रहेको छ। नबिल बैंकले १० अर्ब ९४ करोड ६३ लाख रुपैयाँ शेयर कर्जा दिएको छ।

दोस्रोमा ग्लोबल आइएमई बैंक छ। यो बैंकले ६ अर्ब २९ करोड ९३ लाख रुपैयाँ शेयर कर्जा दिएको छ।

एनआईसी एशिया बैंकले ४ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ शेयर कर्जा दिएको छ भने नेपाल बैंकबाट ४ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ शेयर कर्जा प्रवाह भएको छ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २६ करोड ३६ लाख रुपैयाँ, प्राइम बैंकले ४ अर्ब १२ करोड ८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ, सिटिजन्स बैंकले ३ अर्ब ९१ करोड ९ लाख रुपैयाँ, कुमारी बैंकले ३ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ६५ करोड ४१ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ३ अर्ब २८ करोड ४४ लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेका छन्।

तथ्यांकअनुसार हिमालयन बैंकले २ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ४० करोड ८१ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब २२ करोड ३३ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब १७ करोड ९१ लाख रुपैयाँ र एनएमबि बैंकले १ अर्ब ६ करोड ४६ लाख रुपैयाँ शेयर कर्जा दिएका छन्।

यस्तै कात्तिकसम्म माछापुच्छ्रे बैंकले ४९ करोड ८४ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले २ करोड ३९ लाख रुपैयाँ शेयर धितोमा कर्जा उपलब्ध गराएका छन्।

राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमामा परिमार्जन गर्दै व्यक्तिले अधिकतम १५ करोड रुपैयाँ र संस्थाले २० करोड रुपैयाँसम्म शेयर कर्जा लिन पाउने व्यवस्था गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा लगाइँदै आएको १५० प्रतिशत जोखिमभार घटाएर १२५ प्रतिशतमा झारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS