IME Life New

चार बीमा कम्पनीले प्रिमियममा ४ करोड ४८ लाख कित्ता आइपिओ जारी गर्दै, प्राथमिक बजारबाट ११ अर्ब ५२ करोड उठाउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार वटा जीवन बीमा कम्पनीहरुले प्रिमियममा आइपिओ निष्काशनको प्रकृयाँ अगाडी बढाएका छन् । रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र आइएमई लाइफले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् भने सिटिजन लाइफले छिट्टै आवेदन दिने तयारीमा छन् । रिलायबल नेपालले प्रिमियम सहित २१२ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता, सन नेपाल लाइफले २५०.५५ रुपैयाँको दरमा ९० लाख कित्ता, आइएमई लाइफले २७६ को दरमा एक करोड २० लाख कित्ता र सिटिजन लाइफले २९० रुपैयाँको दरमा एक करोड १२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने तयारी गरेका हुन् ।

यसरी चार जीवन बीमा कम्पनीले ४ करोड ४८ लाख कित्ता आइपिओ जारी गर्ने तयारी गरेका हुन् । चार वटा कम्पनीले प्राथमिक बजारबाट मात्रै ११ अर्ब ५२ करोड रुपैयाँ पैसा उठाउने छन् । जसमा प्रिमियम मार्फत ७ अर्ब तीन करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

रिलाबयल नेपाल

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम सहित २१२ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता शेयर जारी गरेर प्राथमिक बजारबाट २ अर्ब ५४ करोड रुपैयाँ संकलन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी चार अर्ब पुग्नेछ । प्रिमियम बापत कम्पनीको जगेडा कोषमा एक अर्ब ३४ करोड जम्मा हुनेछ । हाल जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ जम्मा भइसकेको छ । कम्पनीले ५ अर्ब पुर्याएर पनि जगेडा कोषमा एक अर्ब भन्दा माथिको कोष कायम राख्न सक्नेछ ।

सन नेपाल लाइफ

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १५०.५५ रुपैयाँ प्रिमियम सहित आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले प्रति कित्ता २५० रुपैयाँ ५५ पैसाको दरमा ९६ लाख कित्ता आइपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रिमियम सहित उक्त शेयर जारी गर्दा प्राथमिक शेयर बजारबाट २ अर्ब ४० करोड रुपैयाँ संकलन गर्नेछ ।

सन नेपालको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । आइपिओ निष्काशन पछि चुक्ता पूँजी ३ अर्ब १४ करोड पुग्नेछ । १५०.५५ रुपैयाँ प्रिमियम मार्फत जगेडा कोषमा एक अर्ब ४४ करोड रुपैयाँ जम्मा हुनेछ । हाल कम्पनीको जगेडा कोषमा ७३ करोड हाराहारी पैसा जम्मा छ । कम्पनीलाई ५ अर्ब पुर्याउन एक अर्ब ८६ करोड आवस्यक पर्नेछ । कम्पनीले प्रिमियम र जगेडाको रकम प्रयोग गरेर सजिलै पूँजी जुटाउन सक्नेछ ।

आइएमई लाइफ

कम्पनीले १७६ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २७६ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड सँग अनुमति माग गरेको हो ।

कम्पनीले एक करोड २० लाख कित्ता शेयर प्रति कित्ता २७६ रुपैयाँमा बिक्री गर्दा प्राथमिक बजारबाट तीन अर्ब ३१ करोड रुपैयाँ संकलन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी ४ अर्ब पुग्नेछ । १७६ रुपैयाँ प्रिमियम मार्फत कम्पनीको जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ जम्मा हुनेछ । यसरी प्रिमियम बापतकै रकमबाट कम्पनीले सजिलै बोनस शेयर दिएर पूँजी जुटाउन सक्नेछ । हाल कम्पनीको जगेडा कोषमा एक अर्ब रुपैयाँ रहेको छ । अहिले जगेडा कोषमा रहेको रकम र प्रिमियम सहित जगेडा कोष तीन अर्ब भन्दा माथिको रहनेछ ।

सिटिजन लाइफ  

कम्पनीले प्रिमियम सहित २९० रुपैयाँको दरमा एक करोड १२ लाख ५० हजार कित्ता आइपिओ जारी गरि प्राथमिक बजारबाट तीन अर्ब २६ करोड रुपैयाँ उठाउनेछ ।

हाल सिटिजन लाइफको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । कम्पनीलाई ५ अर्ब पुर्याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ । तर प्राथमिक बजारबाटै कम्पनीले १९० रुपैयाँका दरले प्रिमियम संकलन गर्दा कुल २ अर्ब १३ करोड ७५ लाख रुपैयाँ संकलन गर्नेछ । यहि पैसाबाट कम्पनीले बोनस शेयर दिएर सहजै न्युनतम ५ अर्ब पुर्याउन सक्ने देखिन्छ ।

अहिलेकै अवस्थामा सिटिजनको जगेडा कोषमा एक अर्ब २५ करोड रुपैयाँ जम्मा भइसकेको छ । प्रिमियम मार्फत कम्पनीले २ अर्ब १३ करोड आर्जन गर्दा जगेडा कोषमा कुल तीन अर्ब ३८ करोड नाघ्नेछ । यसरी आइपिओ निष्काशन गरेर बोनस शेयर दिए पछि पनि कम्पनीले आफ्नो कोषमा २ अर्ब भन्दा माथिको रकम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%
happy

खुसी

5%
sad

दु :खी

10%
amazed

अचम्मित

10%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS