IME Life New

चार जीवन बीमा कम्पनीले प्राथमिक बजारबाट १० अर्ब ६४ करोड संकलन गर्दै, लगानीकर्ताले उच्च प्रतिफल पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार जीवन बीमा कम्पनीहरुले प्राथमिक बजारबाटै १० अर्ब ६४ करोड रुपैयाँ संकलन गर्ने भएका छन् । प्रिमियममा आइपिओ निष्काशन गर्ने अनुमति पाएका चार कम्पनीले प्रिमियम रकम मात्रै ६ अर्ब १५ करोड उठाउने भएका हुन् ।

आइएमई लाइफले आजदेखि सर्वसाधारणका लागि शेयर निष्काशन गरेको छ । सन नेपाल, सिटिजन लाइफ र रिलायबल नेपालले वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गर्दै छन् ।

Esewa
Crest

चार वटैले कर्मचारीका लागि भने आधार मूल्यमै शेयर निष्काशन गर्दै छन् । चार वटा कम्पनीले कर्मचारीका लागि मात्रै २२ लाख ४२ हजार ५०० कित्ता शेयर बिक्री गर्ने भएका हुन् ।

सिटिजन लाइफले १४४ रुपैयाँ प्रिमियम सहित २४४ रुपैयाँको दरले एक करोड ६ लाख कित्ता, सन नेपाल लाइफले १३९ रुपैयाँ प्रिमियम सहित २३९ रुपैयाँको दरले ९१ लाख २० हजार कित्ता, रिलायबल नेपालले १५७ रुपैयाँ प्रिमियम सहित २५७ रुपैयाँको दरले एक करोड १४ लाख कित्ता र आइएमई लाइफले १३६.९१ रुपैयाँ प्रिमियम सहित २३६.९१ रुपैयाँको दरले एक करोड १४ लाख कित्ता शेयर बिक्री गर्दै छन् ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता सँग संकलन गरेको ६ अर्ब १५ करोड रुपैयाँ प्रिमियमले कम्पनीहरुको कोष थप बलियो बन्ने छ । जगेडा कोष बलियो बन्ने वित्तीकै कम्पनीले आगामी वर्षमा आकर्षक लाभांश दिन सक्ने छ ।

चार वटै कम्पनीले नेपाल बीमा प्राधिकरणको क्यापिटल प्लान पछि विद्यमान संस्थापक शेयरधनीहरु सँग थप पूँजी आह्वान गरेका थिए । यसले गर्दा पनि आइपिओ संख्या बढेको हो । जीवन बीमा कम्पनीहरुले न्युनतम पनि ५ अर्ब पूँजी जुटाउनु पर्ने भएकाले कतिपय कम्पनीलाई मर्जरमा जानै पर्ने बाध्यता बन्यो । तर प्रिमियममा शेयर निष्काशन गर्ने चार वटा कम्पनीले भने सहजै पूँजी जुटाउन सक्ने क्षमता बनाएका छन् ।

चार वटै कम्पनीले व्यवसाय शुभारम्भ गरेको ५ वर्ष किटिसकेकाले पनि सबैको नेटवर्थ राम्रै थियो । यसरी ५ वर्ष भन्दा लामो समय बीमा बजारमा काम गरेर स्थापित कम्पनीको शेयर मूल्य आधार मूल्यमा निष्काशन गर्न भन्दा प्रिमियममा निष्काशन गर्न दिनु पर्ने प्राधिकरणको तर्क छ । प्राधिकरणले यदि कम्पनीले प्रिमियममा शेयर निष्काशन गर्दा कोष बलियो हुन्छ भने केहि फरक नपर्ने भन्दै अनुमति दिन राजी भएको हो ।

प्रिमियममा आइपिओ निष्काशन गरेका चार वटै कम्पनीले आगामी आर्थिक वर्षमा आकर्षक लाभांश वितरण गर्न सक्ने क्षमता राख्छन् । प्रिमियमबाट विद्यमान संस्थापक शेयरधनी र आगामी दिनका सर्वसाधारण शेयरधनी दुबैले लाभ लिन सक्छन् ।

चार वटै कम्पनीले आगामी वर्षमा बम्बर बोनस शेयर दिने भएकाले दोस्रो बजारमा शेयर सूचिकृत भएर कारोबार खुलेकै दिनदेखि लगातार सर्किट लाग्नेछ । अहिले प्राथमिक बजारबाट जुन मूल्यमा शेयर खरिद गरिएको छ यसको तीन चार गुणा बढि लाभ लिन सक्ने विश्लेषकहरु बताउछन् । त्यसमा पनि अवको दुई वर्ष शेयर बजार बुलिस ट्रेण्डमा चल्नेछ । लगानीकर्ताले चार वटै कम्पनीको आइपिओ बिक्री गरेर राम्रै पूँजीगत लाभ लिन सक्ने छन् ।

प्राथमिक शेयर निष्काशन पछि सिटिजन लाइफले ३४ प्रतिशत, रिलायबल र आइएमई लाइफले २५ प्रतिशत र सन नेपाल लाइफले पनि ३० प्रतिशत भन्दा माथि बोनस शेयर दिन सक्ने देखिन्छ । सन नेपाल लाइफले बोनस सहित हकप्रद शेयर पनि निष्काशन गर्ने हुँदा दोस्रो बजारमा सन नेपाल शेयरधनीको सर्वाधिक रोजाइमा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

48%
happy

खुसी

3%
sad

दु :खी

16%
amazed

अचम्मित

23%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS