IME Life New

चार जीवन बीमा कम्पनीलाई बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बैदेशिक रोजगार बीमा पुलमा काम गरिरहेका चार वटा बीमा कम्पनीलाई अनलाईनमार्फत बीमा प्रिमियम शुल्क बुझ्न निर्देशन दिएको छ ।

समितिका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिँदा अनलाईनबाटै बैदेशिक रोजगार बीमो प्रिमियम शुल्क लिने व्यवस्था गर्न निर्देशन दिएको हो । समितिले गर्न साउन २९ गते जारी परिपत्रलाई खारेज गर्दै यस्तो निर्देशन दिएको हो ।

Esewa
Crest

सरकारले विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत नै पनि नेपाली श्रमिकको पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेपछि पुनः श्रम स्वीकृति गर्दा अनिवार्य गरिएको म्यादी बीमाको शुल्क बुझाउने समस्याको गाँठो फुकाउन यस्तो निर्देशन दिएको हो ।

बीमा समितिको निर्देशन कार्यान्वयनमा आएपछि भिषाको म्याद सकिई पुनः म्याद थप गरेका विदेशस्थित नेपाली कामदारले सम्बन्धीत देशमा रहेको दुताबासमार्फत पुनः श्रम स्वीकृति लिन पाउनेछन् भने बीमा समेत सोही स्थानमा रहेका बीमा कम्पनीका एजेन्टमार्फत गर्न पाउनेछन् । बीमा समितिले गाँठो फुकाएसँगै अब भिषाको म्याद थप र पुनः श्रम स्वीकृतिको लागि नेपाल आउनै पर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS