IME Life New

चार कम्पनीको १२ अर्ब रुपैयाँको हकप्रद शेयर पाइपलाईनमा, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ४ वटा कम्पनी हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पर्खाइमा रहेका छन् । सेबोनमा हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पाइप लाइनमा रहेका कम्पनीहरूमा ङादी ग्रुप पावर कम्पनी लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर र बरुण हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी चार कम्पनीको कुल १२ अर्ब ४१ करोड ४१ लाख ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको १२ करोड ४१ लाख ४१ हजार ३ सय ४६ दशमलव ४० कित्ता शेयर निष्काशन तथा विक्रीका लागि बोर्डको स्वीकृतिका लागि पर्खाइमा रहेका हुन् ।

ङादी ग्रुप पावर कम्पनी लिमिटेडः ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १०ः३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७५ साल पुस २३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १६ करोड ६ लाख ६६ हजार ४ सय ४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता हकप्रद निष्काशन गर्न लागेको थियो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रद दुई वर्ष पुरा हुँदा समेत स्वीकृत हुन सकेको छैन ।

Esewa
Crest

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडः हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७६ साल असार ३१ गते सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीले ११ करोड कित्ता हकप्रद निष्काशनको अनुमति मागेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हकप्रद शेयरमाथि सेबोनले अध्ययन गर्दै गरेको जनाएको छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनी : अरुण भ्याली हाइड्रोपावर कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन तथा विक्री गर्नका लागि २०७७ साल असोज २१ गते सेबोनमा निवेदन पेश गरेको थियो । अरुण भ्यालीले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९९ लाख ८३ हजार २ सय ३२ कित्ता शेयर निष्काशन गर्नका लागि अनुमति मागेको छ । उक्त हकप्रद शेयर निष्काशन तथा विक्री प्रबकन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडः बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७५ साल जेठ २२ गते सेबोनमा निवेदन पेश गरेको हो । बरुण हाइड्रोपावरले पनि चुक्ता पूँजीको १०० प्रतिशत अर्थात २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रद शेयर समेत दुई वर्षभन्दा लामो समयदेखि सेबोनमै अल्झिएको छ ।

के हो हकप्रद शेयर ?
विगतमा सर्वसाधारणमा साधारण शेयर निष्काशन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण शेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने शेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान शेयरवालाहरुलाई प्राप्त हुन्छ । यसप्रकार पुनः निष्काशन गरिने शेयरमा विद्यमान शेयरधनीको पहिलो हक हुने भएकोले त्यस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ ।

हकप्रद शेयर खरिद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान शेयरधनीहरु स्वतन्त्र हुन्छन् । सबै शेयर बिक्री नभएमा कम्पनीले बाँकी रहेको शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने व्यवस्था छ । विद्यमान शेयरधनीले आफूले पहिले खरिद गरेको शेयरको अनुपातमा हकप्रद शेयर खरीद गर्ने अधिकार प्राप्त गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS