IME Life New

चलायमान बन्दै निर्माण क्षेत्र, पोहोरको तुलनामा झ्याप्पै बढ्यो घरजग्गामा ऋण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्माण क्षेत्र चलायमान बन्दै गएको देखिएको छ। सोही कारण बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह झ्याप्पै बढाएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तसम्म ५४ वटा संस्थाहरुले रियल स्टेट क्षेत्रमा २ खर्ब ७३ अर्ब ६५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । जुन एक वर्षअघिको तुलनामा २८ अर्ब ६२ करोड १० लाख रुपैयाँ बढी हो । गत वर्ष पुस मसान्तमा रियल स्टेटमा गएको कर्जा रकम २ खर्ब ४५ अर्ब २० करोड रुपैयाँ थियो ।

Esewa
Crest

विकास बैंकहरुले रियल स्टेट क्षेत्रमा मात्र कुल ३२ अर्ब ४२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ अर्ब १० करोड ४० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले रियल स्टेट क्षेत्रमा २४ अर्ब ३२ करोड ३० लाख रुपैयाँ कर्जा विस्तार गरेका थिए।

फाइनान्स कम्पनीहरुले घरजग्गा क्षेत्रमा ११ अर्ब ३१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ५९ करोड २० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले ९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो समय अर्थतन्त्रमा विस्तारै मनोबल बढ्दै गएको देखिन्छ। यसकारण निजी क्षेत्रले कर्जाको माग बढाउन सुरु गरेको हो। बैंकरहरुका अनुसार क्रमशः कर्जाको माग पनि बढ्न थालेको छ। यद्यपि, मागको वृद्धि तीव्रगतिमा भने देखिएको छैन।

यस्तै २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत रहेकोमा २०८१ पुससम्ममा ४.७५ प्रतिशतमा झरेको छ। यसैगरी २०८० पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औषत ब्याजदर ११.३८ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ८.६९ प्रतिशतमा झरेको छ।

केन्द्रीय बैंकका अनुसार २०८१ पुसमा वाणिज्य बैंकहरुको औसत आधारदर ६.६५ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ९.३५ प्रतिशत थियो।

ब्याजदर घट्दै जाँदा निर्माण क्षेत्रमा जाने कर्जा प्रवाह सहज हुन थालेको हो। बैंक तथा वित्तीय संस्थाले प्राथमिकता साथ निर्माण क्षेत्रतर्फ कर्जा बढाइरहेका छन्। अर्थतन्त्र चलायमान बनाउनका लागि निर्माणका कामले गति लिनुपर्ने हुन्छ। त्यसअनुसार पनि अहिले निर्माण क्षेत्रलाई चलायमान बनाउन ऋण विस्तारले सहज भइरहेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS