IME Life New

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड, हेर्नुहोस् नतिजा इन्स्योरेन्स खबरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँड भएको हो ।

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ९१ कित्ता सेयरको सार्वजनिक निष्काशन गरेको थियो।

Esewa
Crest

कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता शेयरकर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। सर्वसाधारणका लागि भने १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निष्काशन गरेको थियो ।

१ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानी आवेदकले ११ कित्ताको दरले शेयर पाएका छन् । कुल १२ लाख ११ हजार ११५ सदर आवेदकमध्येका बाँकी १० लाख ७१ हजार ५१३ आवेदकको हात भने खालि भएको छ ।

आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन परेकोमध्ये ३९ हजार ८९५ जनाको आवेदन रद्द भएको छ।

IPO Result

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS