IME Life New

चन्द्रागिरि हिल्सको साधारणसभा पुस २१ गते, लाभांश नदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रगिरि हिल्सले पुस २१ गते १३ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । हिल्सले यस पटक लाभांश घोषणा गरेको छ । हिल्सले आफ्नै कार्यालय थानकोटमा गर्ने जनाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात नाफा नोक्सान हिसाव विवरण सहितको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने जनाएको छ ।

Esewa
Crest

सभाले लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको परिश्रमिक निर्धारण गर्नेछ । साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्नेछ । पुस ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS