IME Life New

ङादी ग्रुप पावरले डाक्यो विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले साउन १४ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले विद्युत नियमन आयोगले स्वीकृति दिए बमोजिम शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजारको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।

Esewa
Crest

उक्त हकप्रद निष्कासनका लागि साधारण सभाबाट पारित गराएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट समेत स्वीकृति पाउनुपर्ने हुन्छ । यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । हाल कम्पनीले लमजुङ जिल्लामा ४ दशमलव ९५ मेगावाट क्षमताको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

कम्पनीले संचालित आयोजनाको मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरू पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पुँजी बृद्धि गर्न आयोजनाको सञ्चित मुनाफा, बैंक ऋण लगायतका बैकल्पिक स्रोतबाट मात्रै सम्पुर्ण रकम जोहो गर्न नसकिने भएकोले हकप्रद निष्काशन गर्न लागेको जनाएको छ ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ४ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा साउन ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

1689159297905

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS