IME Life New

ङादी ग्रुपले १ करोड बराबरको हकप्रद शेयर निष्काशन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १।५ कित्ता शेयरको अनुपातमा साउन १८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

हकप्रद निष्काशनका लागि कम्पनीले असार २० गते बुकक्लोज गरेको थियो। यसअनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

Esewa
Crest

कम्पनीले हकप्रद शेयरको बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई जिम्मा दिइएको छ। जसअनुरुप आवेदकले सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंककाको विभिन्न शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन्। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । यो अवधि भने भदौ ७ गतेसम्म रहने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि भने चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS