IME Life New

ङादी ग्रुपको विशेष साधारण सभा सम्पन्न, शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले विद्युत नियमन आयोगले स्वीकृति दिए बमोजिम शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई स्वीकृति गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजारको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।

अब कम्पनीको विशेष साधारण सभाबाट हकप्रद निष्काशनको प्रस्ताव पारित भएसँगै नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले हकप्रद शेयर निष्काशनको मिति तय गर्नेछ । यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले सभाले गरेको छ ।

Esewa
Crest

हाल कम्पनीले लमजुङ जिल्लामा ४ दशमलव ९५ मेगावाट क्षमताको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

कम्पनीले संचालित आयोजनाको मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरू पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पुँजी बृद्धि गर्न आयोजनाको सञ्चित मुनाफा, बैंक ऋण लगायतका बैकल्पिक स्रोतबाट मात्रै सम्पुर्ण रकम जोहो गर्न नसकिने भएकोले हकप्रद निष्काशन गर्न लागेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS