IME Life New

घोराही सिमेन्टले प्रिमियममा आइपिओ निष्काशन गर्न पायो अनुमति, प्राथमिक बजारबाटै तीन अर्ब ४४ करोड उठाउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको छ । बोर्डले कम्पनीलाई सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि सर्वसाधारण समुह तर्फको तीन लाख ९७ हजार १९० कित्ता शेयर प्रिमियम सहित ४०० रुपैयाँमा बिक्री गर्नेछ । उक्त शेयर बिक्री गरेर कम्पनीले १५ करोड ८८ लाख ७६ हजार रुपैयाँ संक्लन गर्नेछ ।

Esewa
Crest

त्यस्तै सर्वसाधारणका लागि ७५ लाख ४६ हजार ६११ कित्ता शेयर प्रिमियम सहित ४३५ रुपैयाँमा बिक्री गर्नेछ । प्राथमिक शेयर निष्काशन पछि सर्वसाधारण समुह तर्फको शेयर हिस्सा २० प्रतिशत कामय हुनेछ । प्राथमिक बजारबाटै कम्पनीले तीन अर्ब ४४ करोड रुपैयाँ संकलन गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । नागरिक लगानी कोषले प्रत्याभूतकर्ता (अन्डर राइटिङ) गरेको छ ।

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने घोराही दोस्रो सिमेन्ट उद्योग हो । यसअघि शिवम् सिमेन्टले पनि प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो । यहि मूल्यमा शिवम सिमेन्टले बिक्री गर्न खोज्दा बिक्री नभए पछि मूल्य घटाउनु परेको थियो । सर्वोत्तम सिमेन्टले भने सार्वजनिक निष्कासनमा नेपालमा प्रयोगमा आउन लागेको नयाँ विधि बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

वि.सं २०६४ सालमा दर्ता भई वि.सं २०६९ सालदेखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरी व्यवसायिक उत्पादन सुरू गरेको घोराही सिमेन्ट इन्डस्ट्रीले हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS