IME Life New

घाटामा रहेको क्यापिटलमा स्वीकृति नलिई नेपाल लाइफको साढे ७ करोड रूपैयाँ लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेडमा नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले अवैध लगानी गरेको छ। घाटामा रहेको क्यापिटलमा नेपाल लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको पूर्व स्वीकृति बिनै हकप्रद शेयरमा लगानी गरेको हो।

नेपाल लाइफको सञ्चालक र ब्यबस्थापन समितिले प्राधिकरणको पूर्व स्वीकृति नै नलिई नेपाल लाइफ क्यापिटलको ५० प्रतिशत हकप्रद शेयर खरिद गर्नका लागि ७ करोड ६४ लाख ७४ हजार ५ सय रूपैयाँ थप लगानी गरेको हो । क्यापिटलमा ५१ प्रतिशत शेयर स्वामित्व धारण गरेको नेपाल लाइफले प्रति कित्ता १ सय रूपैयाँ अंकित दरका ७ लाख ६४ हजार ७४५ कित्ता हकप्रद शेयर खरिद गरि सकेको छ ।

Esewa
Crest

बीमा नियामक नेपाल बीमा प्राधिकरणले जारी गरेको जीवन बीमकको लगानी निर्देशक २०७९ (दोश्रो संशोधन) को प्रावधान अनुसार सहायक कम्पनीमा लगानी गर्नुपूर्व बीमकले अनिवार्यरूपमा प्राधिकरणको स्वीकृति लिनुपर्छ (हेर्नुहोस् लगानी निर्देशनको संशाेधित प्रावधान)

जीवन बीमकको लगानी निर्देशन २०७९ को दोश्रो संशोधनमा समावेश सहायक कम्पनीमा लगानी सम्बन्धि प्रावधान । श्रोतः नेपाल बीमा प्राधिकरण

नियामकबाट पूर्व स्वीकृति नै नलिई नेपाल लाइफको सञ्चालक समितिले अवैधरूपमा हकप्रद शेयरमा लगानी गरेको हो । ४ लाख ३८९ कित्ता बाहेकको हकप्रद शेयर बाँडफाँड भइसक्दा समेत नेपाल लाइफसँग लगानीको पूर्व स्वीकृति छैन ।

घाटामा रहेको कम्पनीमा लगानी थपेर नेपाल लाइफका बीमितको जीवन बीमा कोषको रकम दुरूपयोग भएको छ ।

प्राधिकरणको पूर्व स्वीकृति बिना नै जानाजान किन क्यापिटलको हकप्रद शेयरमा लगानी थपेको भन्ने इन्स्योरेन्स खबरको जिज्ञासामा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले कुनै प्रतिकृया दिएका छैनन् ।

इन्स्योरेन्सले शुरूवातमा २९ करोड ९९ लाख रूपैयाँ चुक्ता पूँजी रहेको क्यापिटलमा १५ करोड २९ लाख ४९ हजार रूपैयाँ रूपैयाँ लगानी गरेर ५१ प्रतिशत शेयर खरिद गरेको थियो । ५० प्रतिशत हकप्रद शेयर समेत खरिद गरेपछि क्यापिटलमा इन्स्योरेन्सको कुल पूँजी लगानी  २२ करोड ९४ लाख २३ हजार ५ सय रूपैयाँ पुगेको छ ।

नेपाल लाइफले पटक पटक प्राधिकरणको निर्देशन र कानूनी प्रावधानहरूको उलंघन गर्दै आएपनि नियामक प्राधिकरणले रहस्यमय तरिकाले अधिकांश गल्तीमा उन्मुक्ति दिंदै आएको छ।

नेपाल लाइफको संस्थापक शेयर धारण गरेको व्यक्ति साधारण शेयरधनीको प्रतिनिधित्व गर्दै सञ्चालक समिति सदस्य पदमा र स्वतन्त्र संचालकपदमा नियुक्ति लिएको विषयमा पनि प्राधिकरणले कुनै कारवाही गरेको छैन ।

यसैबीच नेपाल लाइफ क्यापिटलले हकप्रद शेयरमध्ये नबिकेको ४ लाख ३८९ कित्ता संस्थापक शेयर बिक्रीका लागि सार्वजनिक सूचना प्रकाशन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS