IME Life New

घलेम्दी हाइड्रोको नवौं वार्षिक साधारण सभा सम्पन्न, २००% हकप्रद निष्काशनको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर पारित गरेको हो ।

हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेड.द्वारा प्रबद्र्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्नेछ ।

Esewa
Crest

भव्य र सभ्यरुपले सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षण कार्यको लागि लेखापरीक्ष्क नियुक्त समेत गरेको छ ।

त्यसै गरी सभाले हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, रजिष्ट्रार कार्यालय लायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी संचालक समितिलाई अख्तियारी प्रदान गर्नुको साथै कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीका अध्यक्ष सुवेदीको कम्पनीको वर्तमान अवस्थाको बारेमा सेयरधनीहरुलाई प्रष्ट पारेका थिए भने संचालक नारायण बाबु अधिकारीले कम्पनीको वित्तिय अवस्थाको जानकारी दिएका थिए ।

कम्पनी सचिव अनिल पौडेलले संचालन गरेको साधारण सभामा सेयरधनीको उल्लेखनिय उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS