IME Life New

घर बीमाको प्रिमियम बढ्दा अस्ट्रेलियाका लाखौँ परिवार वित्तीय तनावमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियामा घर बीमाको प्रिमियम निकै बढेको छ। जसका कारण त्यहाँका जनताको वित्तीय तनाव बढेको छ।

बढ्दो प्रिमियमका कारण आर्थिक तनाव भोगिरहेका परिवारहरुको संख्यामा उल्लेख्य वृद्धि भएको एक्चुरिज इन्स्टिच्युटको प्रतिवेदनमा उल्लेख छ। घर बीमा महँगो भएपछि वित्तीय तनावमा परेका घरपरिवारको संख्या गत वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ।

Esewa
Crest

अहिले १६ लाख परिवार घर बीमा प्रिमियम बढेर तनावमा छन्। यी घरपरिवारले आफ्नो कुल आम्दानीको औसत ९.६ हप्ताको कमाइ घर बीमामा खर्च गर्नुपर्ने अवस्था छ। यो राष्ट्रिय औसतभन्दा सात गुणा बढी हो।

अस्ट्रेलियामा बाढी र चक्रवातका लागि उच्च जोखिम क्षेत्रहरुमा घर बीमाको प्रिमियम औसतमा ९ प्रतिशतले बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS