IME Life New

घरेलु बजारको पुनर्बीमा हिस्सा र बढ्दो पूँजीकरणले हिमालयन रि को रेटिङ चम्कियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले पुनर्बीमक हिमालयन रिइन्स्योरेन्सको इस्युअर रेटिङलाइ एक तह स्तरोन्नती गरेको छ। हिमालयन रिइन्स्योरेन्सको पछिल्लो वित्तीय सबलता मूल्याङ्कनका आधारमा इस्युअर रेटिङ ए पाएको छ । यसअघि सर्वसाधारणमा शेयर निष्काशन पूर्व गरिएको रेटिङमा इस्युअर रेटिङ ए माइनस पाएको थियो ।

इक्रा नेपालले जारी गरेको विज्ञप्ती अनुसार यस्तो रेटिङले समयमै वित्तीय दायीत्व पुरा गर्ने सवालमा सम्बन्धित शेयर जारीकर्ता कम्पनी पर्याप्तरूपमा सुरक्षित रहन्छ। यस्तो कम्पनीले एकदमै न्यून कर्जा वा उधारोको जोखिम बोकेको हुन्छ ।

Esewa
Crest

सीमित कार्य अनुभवका बावजुद पनि बीमा नियामकको सहयोगमा छोटो समयमा गरेको व्यापार विस्तारका कारण रेटिङमा सकारात्मक प्रभाव पारेको इक्रा नेपालले उल्लेख गरेको छ । नेपाल बीमा प्राधिकरणले घरेलु बजारको पुनर्बीमा व्यापारमा बीमाशुल्क र जोखिम दुबैको एउटा हिस्सा सुनिश्चित गरिदिएकाले हिमालयन रिइन्स्योरेन्सका लागि यसले दीर्घकालीनरूपमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तीमा उल्लेख छ । हालै सर्वसाधारणमा शेयर निष्काशनपछि थप भएको चुक्ता पूँजीले पनि यो पुनर्बीमकको तरलता र पूँजीकरणमा सबलिकरण गरेको छ।

उच्च तरलताको उपलब्धताले अपेक्षाकृत आक्रामक रेट्रोसेशन  व्यवस्था र सीमित अनुभवका कारण उत्पन्न हुने केही चिन्ताहरूलाइ न्यूनीकरण गर्न समेत मद्दत गरेको छ।

घरेलु बीमा बजारमा निर्भरताका बावजुद पछिल्लो समयमा वैदेशिक पुनर्बीमा बजारको व्यापारमा वृद्धि र अन्तरसीमा पुनर्बीमा कारोबारका लागि भारतीय बीमा नियामकबाट प्राप्त स्वीकृतले समेत सकारात्मक प्रभाव पारेको छ।

इक्रा नेपालका अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा पर्याप्त सोल्भेन्सी अनुपात (२.०६ गुणा) र गुणस्तरिय मुद्दती निक्षेपले पनि कम्पनीको वित्तीय सबलताको मूल्याङ्कनमा बल मिलेको छ । इक्राले सरकारी सरकारी स्वामित्वको दुइ ठूला वाणिज्य बैंक र निजी क्षेत्रका व्यवसायीक घरानाको समेत पूँजी लगानी पनि सकारात्मक पक्षका रूपमा उल्लेख गरेको छ ।

हिमालयन रि का चुनाैतीहरूः

घरेलु पुनर्बीमा उद्योगमा नयाँ खेलाडी भएकाले यसको सीमित अनुभव पृष्ठभूमी चुनाैतीका रूपमा रहेको छ। व्यवसायीक सेवा सञ्चालनको छोटो पृष्ठभूमीका कारण कम्पनी सञ्चालनको माैजुदा स्तर र यसद्वारा बहन गरिएको जोखिमको तुलनामा रेट्रोसेशन सुरक्षाको पर्याप्तताको परिक्षण गरिएको छैन । यद्दपी साधारण शेयर निष्काशनका कारण तरलता र पूँजीकरणले वित्तीय जोखिमलाइ केही हदसम्म कम गरेको छ।  तर यसको बढ्दो जोखिमांङ्कन प्रदर्शन रेटिङको निरन्तरताका लागि मूल्याङ्कन गर्नुपर्ने पक्षका रूपमा रहेको छ ।

रेटिङ सम्बन्धी  चासो हिमालयन रि को उच्च भौगोलिक केन्द्रीकरणले पनि उत्पन्न भएको इक्राले विज्ञप्तीमा उल्लेख गरेको छ। किनकी यसको कुल व्यापारमा ९५ प्रतिशत हिस्सा नेपाली बीमा बजारमै केन्द्रित रहेको छ । लगानीवापत प्राप्त प्रतिफल यसको मुख्य चालक बने पनि पछिल्लो समयमा बैंकको घट्दो ब्याज दर पनि चिन्ताको विषय रहनेछ। हिमालयन रि को व्यापार अनुकुल नियामकीय प्रावधानमा निर्भर रहेकाले नियामकीय प्रावधानमा भविष्यमा हुन सक्ने परिवर्तन पनि रेटिङ संवेदनशिलताको पक्ष बन्नेछ।

इक्रा नेपालले विज्ञप्तीमा उल्लेख गरेको छ, ”अझै अघि बढ्दै जाँदा हिमालयन रि को जोखिमाङ्कन प्रदर्शनलाइ कायम राख्न सक्ने क्षमता, किनकी व्यवसाय क्रमशः परिपक्व हुँदै गइ रहेको छ,एक महत्वपूर्ण निगरानी योग्य विषयका रूपमा रहनेछ। निरंतररूपमा सहज सोल्भेन्सी र तरलता अनुपात कायम राख्न सक्ने यसको क्षमता पनि निगरानी योग्य बनी रहनेछ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS