IME Life New

घट्न थाल्यो मुद्दति निक्षेप, बैंकरहरु थप दबाबमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुद्दति निक्षेप घट्न थालेपछि बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको तनाव बढ्न थालेको छ।

गत वर्ष तरलता अभाव हुँदा चर्को ब्याज दिएर उठाएको निक्षेप अहिले परिपक्व हुन थालेसँगै मुद्दति निक्षेप घटेको हो। साथै, ब्याजदर निरन्तर घट्दै जाँदा निक्षेपकर्ताले मुद्दति निक्षेपलाई अन्यत्रै सार्न थालेका छन्। जसका कारण बैंकरमाथि दबाब बढ्दै गएको छ।

Esewa
Crest

पछिल्लो एक महिनामै बैंक तथा वित्तीय संस्थामा ७ अर्ब रुपैयाँभन्दा बढीले मुद्दति निक्षेप घटेको छ। फागुन मसान्तमा ३६ अर्ब १० अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप चैतमा ३६ खर्ब ३ अर्बमा झरेको छ। छोटो अवधिका निक्षेप परिपक्व भएपछि नवीकरण नगरिँदा वैशाखमा यो अझै घट्ने बैंकरहरु बताउँछन्। जसले उनीहरुलाई दबाब सिर्जना भएको छ।

मुद्दति निक्षेपको हिस्सा घट्दै जाँदा कर्जाको ब्याजदर पनि थप घट्दै गएको छ। निक्षेपको ब्याजदर घट्दै जाँदा कर्जाको ब्याजदर पनि निरन्तर घटिरहेको छ। मुद्दति निक्षेप घट्दा बैंक तथा वित्तीय संस्थाको लागत कम हुन्छ। निक्षेपको लागत घटेपछि त्यसले बैंक तथा वित्तीय संस्थाको आधारदर कम हुन्छ र कर्जाको ब्याजदर पनि कम हुन्छ।

अहिले मुद्दति निक्षेपको ब्याजदर घटेर ५ प्रतिशत हाराहारीमा झरिसकेको छ। जसका कारण निक्षेपकर्ताले मुद्दति निक्षेपमा भन्दा शेयर बजारलगायतमा लगानी बढाउन थालेका छन्। बचतकर्ता लगानीका लागि उपयुक्त क्षेत्र खोजिरहँदा बैंकरहरु भने उनीहरु बिच्किने डरमा छन्।

एकातिर विगतमा मुद्दति निक्षेपमा बचत गरेकाहरुको निक्षेप परिपक्व हुँदै गएको छ भने अर्कातिर मुद्दति निक्षेपको ब्याजदर निकै कम छ। त्यसकारण पनि बचतकर्ताले मुद्दति निक्षेपतर्फ चासो देखाउन सकेका छैनन्।

कर्जाको विस्तार गर्न नसकिरहेका बैंकहरुलाई ब्याजदर घट्दा भएका बचतकर्ता पनि टिकाउन हम्मेहम्मे परिरहेको छ। २०८० चैतमा वाणिज्य बैंकहरुको औसत आधारदर ८.५१ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरुको औसत आधारदर १०.४८ प्रतिशत थियो। यस्तै विकास बैंकहरुको १०.४१ प्रतिशत र वित्त कम्पनीहरुको १२.०२ प्रतिशत रहेको छ। २०८० चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरुको ७.५८ प्रतिशत र वित्त कम्पनीहरुको ८.८२ प्रतिशत रहेको छ।

२०७९ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.२६ प्रतिशत कायम भएको थियो। त्यसैगरी कर्जाको भारित औसत ब्याजदर २०८० चैतमा वाणिज्य बैंकहरुको १०.५५ प्रतिशत, विकास बैंकहरुको १२.१७ प्रतिशत र वित्त कम्पनीहरुको १३.३६ प्रतिशत रहेको छ।

२०७९ चैतमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.८४ प्रतिशत कायम भएको थियो। केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घट््न जाँदा बैंकहरुको आधारदर पनि घट्दै गएको हो। ब्याजदर घट्ने क्रम अझै केही समय रही रहने बैंकरहरुले बताउँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

30%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS