IME Life New

घट्दो ब्याजदरको असरः बैंकिङ प्रणालीमा संस्थागत निक्षेपको हिस्सा घट्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। पछिल्लो समय निरन्तर घटिरहेको ब्याजदरको असर बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा पर्न थालेको छ। विगतमा उच्च ब्याजदर दिएर मुद्दति निक्षेप संकलन गरिरहेका बैंकहरुले अहिले ब्याजदर घटाउँदै जाँदा निक्षेप संकलनमा असर पर्न थालेको हो।

बैंकमा प्रशस्त लगानी योग्य रकम भए पनि कर्जा प्रवाह नभए हुन नसक्दा तरलता थुप्रिएर बसेको छ। जसको असर स्वरुप ब्याजदर घट्दै गइरहेको छ। सो ब्याजदरमा भएको गिरावटले बैंकको मुद्दति निक्षेप तथा संस्थागत निक्षेपमा असर गर्दै गएको देखिन्छ।

Esewa
Crest

घट्दो ब्याजदरका कारण पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत मुद्दति निक्षेपको हिस्सा घट्दै गएको छ। तथ्यांकअनुसार एक महिनाको अवधिमै संस्थागत मुद्दति निक्षेप २५ अर्ब ८९ करोड रुपैयाँले घटेको छ।

गत साउन मसान्तमा १९ खर्ब २१ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत मुद्दति निक्षेप रहेको छ। तर, गत असार मसान्तमा संस्थागत निक्षेप १९ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो। यसरी हेर्दा एक महिनामै बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत मुद्दति निक्षेप २५ अर्ब ८९ करोड रुपैयाँले घटेको हो।

कतिपय संस्थाहरुले ब्याजदर घटेका कारण मुद्दति निक्षेपलाई भन्दा ट्रेजरी बिललाई प्राथमिकतामा राखेका छन्। जसका लागि मुद्दति निक्षेपबाट धमाधम रकम निस्कन थालेको तथ्यांकले देखाउँछ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, अन्य सरकारी संस्था तथा कोषले मुद्दति निक्षेपबाट धमाधम रकम झिकेका छन्। साउन महिनामा मात्रै कर्मचारी सञ्चय कोषले ३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप झिकेको छ। यस्तै नागरिक लगानी कोषले १ अर्ब २ करोड रुपैयाँ झिकेको छ।

अन्य सरकारी संस्थाहरुको निक्षेप १३ अर्ब र गैरसरकारी संस्थाहरुको निक्षेप ९ अर्ब ७७ करोड रुपैयाँले घटेको छ। अन्य संस्थागत लगानीकर्ताले एक महिनामा ६ अर्ब ३२ करोड रुपैयाँ मुद्दति निक्षेपबाट झिकेका छन्।

सामाजिक सुरक्षा कोषले ब्याजदर घटेकै कारण मुद्दति निक्षेपमा भन्दा ट्रेजरी बिलमा लगानी गर्न थालेको छ। जसकारण कोषले अहिले २८ दिने तथा ९१ दिने ट्रेजरी बिलमा लगानी गरिरहेको छ।

अहिले संस्थागत मुद्दति निक्षेपको ब्याजदर साढे ५ प्रतिशत रहेको छ। यस्तै छोटो अवधिको मुद्दति निक्षेपको ब्याजदर ४ देखि साढे ४ प्रतिशतमा झरेको छ। यसरी ब्याजदर निरन्तर ओरालो लाग्दै जाँदा संस्थागत मुद्दति निक्षेपको हिस्सासमेत ओरालो लाग्दै गएको हो।

अन्य क्षेत्रहरुमाको संस्थागत निक्षेपको हिस्सा घटे पनि बीमा कम्पनीहरुले भने साउन महिनामा यसतर्फ लगानी बढाएका छन्। बीमा कम्पनीहरुले मुद्दति निक्षेपमा थप ७ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको तथ्यांकमा देखिन्छ। बीमा प्राधिकरणले लगानीका क्षेत्र तोकेअनुसार बीमा कम्पनीहरुले मुद्दति निक्षेपमा रकम राख्ने गरेका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ६४ खर्ब ४६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन्। गत अबको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ११ अर्ब ५९ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेकोमा मुद्दति खातामा मात्रै ६०.८९ प्रतिशत संकलन गरेका थिए।

मुद्दति निक्षेप निश्चित समय अवधि तोकेर राखिने र यस्तो खातामा ब्याजदर तुलनात्मक रुपमा बचत खातामा भन्दा बढी भएपनि तोकिएको समयावधि समाप्त नभएसम्म उक्त रकम भुक्तानी लिन नपाइने भएकाले पछिल्लो समय यस्तो निक्षेपको अनुपात घटेको हो।

चालु आवको साउन मसान्तसम्ममा बैंकिङ क्षेत्रमा मुद्दति बचत चल्ती र कल डिपोजिटको अनुपात क्रमश ५७.१५, ३०.१५, ५.१३, र ६. ८७ प्रतिशत छ। गत आवमा यस्तो अनुपात क्रमश ६०.८९, २६.५५, ५.१० र ६. ६० प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS