IME Life New

घट्दो बजारले कहाँ निर पाउला सपोर्ट ? (चार्ट सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजार केही समय देखि निरन्तर घट्दै आएको छ। साताको पहिलो दिन नै बजार  १० अंकले घटेको छ । नेप्से परिसूचक १८८३ को विन्दुमा आएर बन्द भएको छ। स्मरण रहोस १८८१ अघिल्लो  बुलको उच्च विन्दु हो । नेप्से निरन्तर पाचौ दिन घटेको छ । आइतवार ४३ अंकले घटेको बजार त्यसपछि पाँच कारोवार दिनमा ८२ अंक धेरैले घटिसकेको छ ।

कहाँ कहाँ निर छन् सपोर्ट ?
अहिलेको बजार लाई हेर्दा १८४० को क्षेत्रमा पहिलो सपोर्ट रहेको छ । यो सपोर्ट केही महिनाको अवधिमा दुई पटक यही क्षेत्रबाट बजार माथि फर्किएको थियो।  जुन महिनाको अन्तिममा र अक्टोबर २० तिर बाट बजार यो क्षेत्र बाट फर्किएको थियो ।

Esewa
Crest

अर्को  बलियो सपोर्ट १८०० को क्षेत्रमा छ।  जुनको अन्तिममा बजार न्यून विन्दुमा पुग्दा १८०६ को न्यून विन्दुसम्म पुगेको थियो भने सेप्टेम्बरको अन्तिम तिर बजार न्यून विन्दु पुग्दा १८११ को न्यून विन्दु बनाएको थियो।  केही महिनाको बीचमै यो क्षेत्रमा दुई पटक न्यून क्षेत्र बनाएकोले बजारले १८०० को क्षेत्रलाई पनि बलियो टेवाको रुपमा लिएको देखिन्छ । फेरी १८०० एउटा मनोवैज्ञानिक विन्दु पनि रहेको छ ।

चार्ट श्रोत : नेप्से अल्फा   

(नोट : यो समाचार शेयर कारोवारका निमित्त तयार पारिएको होइन, विशुद्ध शैक्षिक प्रयोजनको लागि मात्र।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS